Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    पिएचडि र एमफिल अध्ययन गर्ने विद्यार्थीलाई खोटेहाङ गाउँपालिकाको छात्रवृत्ति

    पिएचडि र एमफिल अध्ययन गर्ने विद्यार्थीलाई खोटेहाङ गाउँपालिकाको छात्रवृत्ति


    • बिहिवार, पौष १६ २०७७

    • नेपाल वाइड


    पिएचडि र एमफिल अध्ययन गर्ने विद्यार्थीलाई खोटेहाङ गाउँपालिकाको छात्रवृत्ति
    खोटेहाङ गाउँपालिकाको कार्यालय

         खोटाङ । पुस १६, खोटाङको खोटेहाङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ । एमफिल र पिएचडि गर्ने गाउँपालिकाभित्रका विद्यार्थीलाई गाउँपालिकाले छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको हो ।

        बिहिबार बसेको गाउँ कार्यपालिकाको बैठकले एमफिल अध्ययन गर्ने विद्यार्थीलाई छात्रबृत्ति स्वरुप जनही ५५ हजार ५५५ र पिएचडि अध्ययन गर्ने विद्यार्थीलाई जनही १ लाख ११ हजार १११ रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो । गाउँपालिकाको गत असारमा सम्पन्न गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रम अनुशार गाउँ कार्यपालिकाको बैठकबाट छात्रबृत्तिको मात्रा टुंग्याइएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए ।

        गाउँपालिकाले चालु आर्थिक वर्षदेखि उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रबृत्ति स्वरुप सहयोग गर्ने कार्यक्रमलाई कार्यान्वयनमा ल्याउने जनाएको छ । उच्च शिक्षा हासिल गर्न चाहने पालिकाबासीको प्रोत्साहनका लागि छात्रबृत्तिका कार्यक्रम ल्याइएको हो ।

        पिएचडि र एमफिल गर्ने विद्यार्थी गाउँपालिकाभित्रको स्थायी नागरिक हुनुपर्ने, स्वदेशकै बिश्वविद्यालयमा अध्ययनरत हुनुपर्ने लगायतका मापदण्ड बनाइएको अध्यक्ष राईले बताए । गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने कार्यक्रम ल्याएको चर्चासँगै एक जना विद्यार्थी सम्पर्कमा आइसकेको जनाइएको छ ।

     

    सम्बन्धित समाचार