Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    ‘उभौली मेला’

    जानुका र निश्चलको ‘उभौली मेला’ बजारमा (भिडियो सहित)

    जानुका र निश्चलको ‘उभौली मेला’ बजारमा (भिडियो सहित)


    • बिहिवार, पौष १६ २०७७

    • नेपाल वाइड


    जानुका र निश्चलको ‘उभौली मेला’ बजारमा (भिडियो सहित)

       खोटाङ । पुस १६, खोटाङका संगीतकर्मी जानुका राई र गायक निश्चल राईको ‘उभौली मेला’ बोलको गीति भिडियो बजारमा आएको छ । साकेला उधौलीको अवशरमा गायीका राई र गायक राईले साकेला बिटकै भिडियो गीत बजारमा ल्याएका हुन् ।

         शब्द तथा संगीत स्वयम गायक निश्चलकै रहेको भिडियो गीतलाई ‘जानुका राई अफिसियल’ युट्युव च्यानलवाट बुधबार सार्वजानिक गरिएको छ । सुम्निमा कलेक्सन ललितपुरले निर्माण गरेको भिडियो गीतमा साकेला सिली नाच्ने क्रममा साटिने मायाँ, गरिने गीति बार्तालाप, मुन्धुमी संस्कृति लगायतका पक्ष समेटिएको छ ।

    ‘उभौली मेला’ बोलको गीति भिडियो सार्वजनिक कार्यक्रममा गायक जितेन राईलगायत.jpg

    ‘उभौली मेला’ बोलको गीति भिडियो सार्वजनिक कार्यक्रममा गायक संगितकारहरु जितेन राई शान्तीराम राईलगायत

         संगीतका माध्यमबाट किरात राई साँस्कृतिक अभियानमा लागेका गायक/गायिकाद्वयको ‘उभौली मेला’मा पनि किराती सौन्दर्यलाई उजागार गरिएको किरात राई साँस्कृतिक कलाकार संघका केन्द्रीय सचिव पदम थुलुङ राईले बताए ।

        भिडियो गीतमा उमेश राई (फुलन्देकी आमा), शेसुका राई, योगेन्द्र राई लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । विज्ञान राईको निर्देशन र योगेन्द्र राईको सह–निर्देशनमा तयार पारिएको भिडियो गीतमा सपन तामाङ र सागर किरातीले कोरियोग्राफ गरेका छन् ।

         दर्जनौं फुटकर गीतहरुमा स्वर दिएकी जानुकाको किराती मिथकमा आधारित गीतहरु समेटिएको ‘थिबिया’ नामको गीति भिडियो चर्चित छ । यस्तै, यलम्बर आईडलको दोश्रो संस्करणको उपाधि जित्न सफल गायक निश्चलका पनि दर्जनौं गीत बजारमा आइसकेको छ । भिडियो....

     

    सम्बन्धित समाचार