Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटेहाङ गाउँपालिकामा नौ वटा कार्यविधि पारित

    खोटेहाङ गाउँपालिकामा नौ वटा कार्यविधि पारित


    • बिहिवार, पौष १६ २०७७

    • नेपाल वाइड


    खोटेहाङ गाउँपालिकामा नौ वटा कार्यविधि पारित
    खोटेहाङ गाउँपालिकाको कार्यालय

         खोटाङ । पुस १६, खोटाङको खोटेहाङ गाउँपालिकाले एकै साथ नौ वटा कार्यविधि पारित गरेको छ । बिहिबार बसेको गाउँ कार्यपालिकाको बैठकले कृषिसँग सम्वन्धित पाँच वटा र अन्य चार वटा कार्यविधि पारित गरेको हो ।

         गाउँपालिकाले बाँझो जमिनमा व्यवसायीक फलफुल बगैंचा स्थापना अनुदान सञ्चालन कार्यविधि, गोठे मल सुधार कार्यक्रम सञ्चालन कार्यविधि, पशुफर्म पुर्वाधार सृदृढिकरण तथा पशु नश्ल सुधार अनुदान कार्यक्रम सञ्चालन कार्यविधि, कृषि यन्त्रीकरण अनुदान परिचालन कार्यविधि, वैदेसिक रोजगारबाट फर्केका युवा लक्षित कृषि अनुदान परिचालन कार्यविधि २०७७ पारित गरेको हो ।

         यस्तै, टोल विकास संस्था गठन तथा परिचालन कार्यविधि, वाल अधिकार संरक्षण तथा संवद्र्धन कार्यविधि, लैंगीक हिंसा निवारण कोष सञ्चालन मापदण्ड र खोटेहाङ गाउँपालिका जलश्रोत तथा मुहान दर्ता कार्यविधि २०७७ पारिएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए ।

    सम्बन्धित समाचार