Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    वन उपभोक्ता समितिको अध्यक्षमा राई दोहोरिए

    वन उपभोक्ता समितिको अध्यक्षमा राई दोहोरिए


    • शुक्रवार, पौष १७ २०७७

    • नेपाल वाइड


    वन उपभोक्ता समितिको अध्यक्षमा राई दोहोरिए
    राम्चे बरालथुम्की सामुदायीक वन उपभोक्ता समितिको तेश्रो आम भेला

          खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङस्थित राम्चे बरालथुम्की सामुदायीक वन उपभोक्ता समितिको अध्यक्षमा रामबहादुर राई दोहोरिएका छन् । साविकको दिप्लुङ–३ र ४ मा फैलिएको सामुदायीक वनको उपभोक्ता समितिको तेश्रो आम भेलाबाट राई तेश्रो कार्यकालका लागि अध्यक्षमा चुनिएका हुन् ।

          नौ सदस्यीय उपभोक्ता समितिको उपाध्यक्षमा उपाध्यक्ष इन्द्रजित राई, सचिवमा बिन्द्रा मगर, सह–सचिव चन्द्रबहादुर नेपाली र कोषाध्यक्ष कल्पना राई चयन भएका छन् ।

           हाल राम्चे बरालथुम्की सामुदायीक वन उपभोक्ता समितिको कोषमा ४ लाख ८० हजार रकम बचत रहेको जनाइएको छ । वन समुहको आफ्नै भवन छ भने सामुदायीक वन समुहमध्ये गत वर्ष जिल्लामै तेश्रो पुरस्कार पाएको उपभोक्ता जगत किरातीले जानकारी दिए ।

    सम्बन्धित समाचार