Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जन्तेढुंगामा शनिबार र आइतबार प्रथम सुन्तला महोत्सव

    जन्तेढुंगामा शनिबार र आइतबार प्रथम सुन्तला महोत्सव


    • शनिवार, पौष १८ २०७७

    • नेपाल वाइड


    जन्तेढुंगामा शनिबार र आइतबार प्रथम सुन्तला महोत्सव
    चिसापानीको घोर्लेमा लटरम्म फलेका सुन्तला । फायल तस्बिर : नेपालवाईड डटकम

          खोटाङ । पुस १८, खोटाङको जन्तेढुंगा गाउँपालिकामा प्रथम सुन्तला महोत्सव सुरु हुँदैछ । ‘कृषि र उत्पादन विकासको आधार, सुन्तला उत्पादन गरिबी निवारण पुर्वाधार’ भन्ने नारासहित दुई दिन सञ्चालन हुने सुन्तला महोत्सव शनिबार सुरु हुँदै छ ।

         घोर्लेमा उत्पादन हुने सुन्तलाको प्रचार–प्रसार गर्दै सुन्तला कृषकको प्रोत्साहनका लागि महोत्सवको आयोजना गरिएको जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष शंकर राईले बताए । महोत्सवमा सुन्तलाको जुस, सुन्तलाको वाईन, स्थानीय कलाकारको साथमा विविध साँस्कृतिक कार्यक्रम, साकेला शिली प्रदर्शन, लोकदोहोरी तथा नृत्य प्रतियोगीता, राई पुमाको धार्मिक तथा साँस्कृतिक वस्तुको प्रदर्शनीको कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।

         जन्तेढुंगा गाउँपालिकाको मूख्य प्रायोजन, ग्रामिण विकास तथा अनुसन्धान केन्द्र, श्रृजनशिल आमा समुह र तिनतले कोलाताङ सामुदायीक वन घोर्लेको सह–प्रयोजनमा स्थानीय प्रगतिशिल कृषक समुह र सिलिचोङ साँस्कृतिक परिवार घोर्लेको आयोजनामा सुन्तला महोत्सवको आयोजना गरिएको हो ।

          सुन्तला महोत्सव प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले उद्घाटन गर्ने कार्यक्रम छ । घोर्ले जन्तेढुंगा गाउँपालिकाको सुन्तला उत्पादन हुने प्रमुख क्षेत्र हो । घोर्लेबाट बार्षिक करोड बढिको सुन्तला निर्यात हुने गरेको छ ।


    सम्बन्धित समाचार