Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    घोर्लेमा आयोजित सुन्तला महोत्सव आईतबार पनि जारी

    घोर्लेमा आयोजित सुन्तला महोत्सव आईतबार पनि जारी


    • आइतवार, पौष १९ २०७७

    • नेपाल वाइड


    घोर्लेमा आयोजित सुन्तला महोत्सव आईतबार पनि जारी
    चिसापानीको घोर्लेस्थित सुन्तला महोत्सव उद्घाटन गर्दै विघटित संविधानसभा सदस्य बिशाल भट्टराई

           खोटाङ । पुस १८, खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घोर्लेमा आयोजित प्रथम सुन्तला महोत्सव आज पनि जारी छ । ‘कृषि र उत्पादन विकासको आधार, सुन्तला उत्पादन गरिबी निवारण पुर्वाधार’ भन्ने नारासहित दुई दिनसम्म सञ्चालन हुने सुन्तला महोत्सव शनिबार सुरु भएको हो ।

         घोर्लेमा उत्पादित सुन्तलाको प्रचार–प्रसार गर्दै बजार प्रवद्र्धनका लागि आयोजित महोत्सव विघटित संविधानसभा सदस्य बिशाल भट्टराईले उद्घाटन गरेका हुन् । घोर्लेमा उत्पादित सुन्तलाको सुन्तलाको प्रवद्र्धन, विज्ञापन र पहिचानका लागि गाउँपालिकाकै सहयोगमा सुन्तला महोत्सवको आयोजना गरिएको हो ।

    Suntala Mahotsab photo Sankar Rai 3.jpg

    चिसापानीको घोर्लेस्थित सुन्तला महोत्सव उद्घाटनका अबरशमा मन्तव्य राख्नुहुदै गाँउपालिका अध्यक्ष शंकर राई

         घोर्लेमा उत्पादित सुन्तलालाई देशभर चिनाउँदै कृषिजन्य उत्पादनको प्रवद्र्धन, कृषि पर्यटनको विकास एवं किसानको आयआर्जनमा वृद्धि गर्नका लागि महोत्सवको आयोजना गरिएको गाउँपालिकाका रोजगार संयोजक एबं प्रथम सुन्तला महोत्सव आयोजक समितिका संयोजक विज्ञान राई पुमाले बताउनुभयो ।

         महोत्सवमा घोर्लेमा उत्पादित सुन्तलाको दाना, सुन्तलाको जुस, सुन्तलाको वाईनको स्टल राखिएको थियो । यस्तै, पुराना ऐतिहासिक साँस्कृतिक वाजा, पुराना प्रविधिका हस्तकलाका सामग्री, काठका ऐतिहासिक सामग्री, पितृ वा विवाहमा प्रयोग गरिने ऐतिहासिक सामग्री, हुक्का चिलिम, चोयाबाट निर्मित कोसेली वा अन्य सामान राख्न प्रयोग गरिने सामग्री, ऐतिहासिक कुपी, खुँगी, चुलेसी, काठबाट निर्मित ऐतिहासिक सामग्री, ऐतिहासिक लोटा र सिक्का, जाँतो, तेल पेल्ने कोल, ढिकी, किरात राईको साकेला थान, किरात राईको पितृ पुजा गर्ने चुल्हो, किरात राईको मृत्यु संस्कार गरिने कार्य झल्काउने सामग्री, रक्सी बनाउने स्थानीय प्रविधि, कृषिजन्य उत्पादनका सामग्री, गुन्द्री सुकुल, ऐतिहासिक किरात राजाले प्रयोग गर्ने हतियार, हस्तकलाका सामग्री लगायतको स्टल राखिएको छ ।

    orange anniversaryfestival (opened-p) photo_nepalwide.jpg

    चिसापानीको घोर्लेमा लटरम्म फलेका सुन्तलाको बोट

         जन्तेढुंगा गाउँपालिकाको मूख्य प्रायोजन, ग्रामिण विकास तथा अनुसन्धान केन्द्र, श्रृजनशिल आमा समुह र तिनतले कोलाताङ सामुदायीक वन घोर्लेको सह–प्रयोजनमा स्थानीय प्रगतिशिल कृषक समुह र सिलिचोङ साँस्कृतिक परिवार घोर्लेको आयोजनामा सुन्तला महोत्सव गरिएको हो ।

         घोर्लेमा उत्पादित सुन्तलालाई चिनाउँदै कृषिको माध्यमबाट गाउँपालिकालाई संमृद्ध बनाउनका लागि महोत्सवको परिकल्पना अघि सारिएको गाउँपालिका अध्यक्ष शंकर राईले बताउनुभयो । महोत्सवमा साकेला शिली, स्थानीय कलाकारको साँस्कृतिक कार्यक्रम, लोकदोहोरी तथा नृत्य प्रतियोगीता लगायतका कार्यक्रम समेत राखिएको आयोजकले जनाएको छ । सुन्तला महोत्सवलाई हरेक वर्ष निरन्तरता दिइने जनाइएको छ ।

    orange anniversaryfestival (opened-p) photo_daman4.jpg

    चिसापानीको घोर्लेका किसान होमबहादुर पुमा राई लटरम्म फलेका सुन्तला टिप्दै

        घोर्लेमा उत्पादित सुन्तला अर्गानिक, रसिलो र स्वादिलो भए पनि प्रचार–प्रसारमा झोलेलमा रहेको स्थानीय शिक्षक जिवन राईले बताउनुभयो । ओली समुहका विघटित संविधानसभा सदस्य भट्टराई आउने भएपछि सुन्तला महोत्सव उद्घाटनकाक्रममा दाहाल–नेपाल समुह र कांग्रेसका नेता समेत अनुपस्थित थिए ।

    orange anniversaryfestival (opened-p) photo_daman6.jpg

    चिसापानीको घोर्लेमा लटरम्म फलेका सुन्तला बोट तस्बिर:नेपालवाइड

    सम्बन्धित समाचार