Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जन्तेढुंगाको बोपुङमा सामुदायीक स्वास्थ्य इकाई केन्द्र स्थापना

    जन्तेढुंगाको बोपुङमा सामुदायीक स्वास्थ्य इकाई केन्द्र स्थापना


    • आइतवार, पौष १९ २०७७

    • नेपाल वाइड


    जन्तेढुंगाको बोपुङमा सामुदायीक स्वास्थ्य इकाई केन्द्र स्थापना
    बोपुङको डुम्रेबोटेमा सामुदायीक स्वास्थ्य इकाई केन्द्र उद्घाटन गर्दै विघटित संविधानसभा सदस्य बिशाल भट्टराई । तस्बिर:सौजन्य शुरेश प्रधान

        खोटाङ । पुस १९, सर्वसाधारणलाई गाउँमै स्वास्थ्य सेवा उपलव्ध गराउने लक्ष्यका साथ खोटाङको जन्तेढुंगा गाउँपालिका–२ बोपुङमा सामुदायीक स्वास्थ्य इकाई केन्द्र स्थापना गरिएको छ । दुरदराजमा रहेका सर्वसाधारणलाई लक्ष्यीत गर्दै बोपुङको डुम्रेबोटेमा स्थापना गरिएको सामुदायीक स्वास्थ्य इकाई केन्द्र आइतबार विघटित संविधानसभा सदस्य बिशाल भट्टराईले उद्घाटन गरेका छन् ।

        बोपुङको डुम्रेबोटेमा स्वास्थ्यचौकी सरहको सेवा प्रवाह गर्नेगरी सामुदायीक स्वास्थ्य इकाई केन्द्र स्थापना गरिएको जन्तेढुंगा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बताए । आवश्यक औषधि सहित एक जना अहेव र एक जना अनमीको व्यवस्था गरेर डुम्रेबोटेमा सामुदायीक स्वास्थ्य इकाई केन्द्र स्थापना गरिएको हो ।

         ६ वडामध्ये डुम्रेबोटेमा स्थापना गरिएको सामुदायीक स्वास्थ्य इकाई केन्द्र गाउँपालिकाकै तेश्रो हो । सामुदायीक स्वास्थ्य इकाई केन्द्र उद्घाटनका लागि गाउँपालिकाका अध्यक्ष शंकर राई, उपाध्यक्ष विमला राई, प्रमुख प्रशासकीय अधिकृत गिरीराज भट्टराई लगायत बोपुङ पुगेका थिए । यसअघि जन्तेढुंगा गाउँपालिका–१ देविस्थानको सिक्किमटारमा र जन्तेढुंगा गाउँपालिका–५ चिसापानीको खुटाछिरुवाघारमा सामुदायीक स्वास्थ्य इकाई केन्द्र स्थापना गरिसकिएको छ ।

         यस्तै, जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयमा बर्थिङ सेन्टर स्थापना गरिएको छ । गाउँपालिकाकै दोश्रो बर्थिङ सेन्टरबाट गत पुस १४ गतेदेखि सेवा सुरु गरिए पनि औपचारिक उद्घाटन बाँकी रहेको स्वास्थ्य शाखा संयोजक पोखरेलले बताए ।

     

    सम्बन्धित समाचार