Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कृषि र पशु सेवा प्राविधिक नियुक्ती गर्दै बराहपोखरी गाउँपालिका

    कृषि र पशु सेवा प्राविधिक नियुक्ती गर्दै बराहपोखरी गाउँपालिका


    • सोमवार, पौष २० २०७७

    • नेपाल वाइड


    कृषि र पशु सेवा प्राविधिक नियुक्ती गर्दै बराहपोखरी गाउँपालिका
    बराहपोखरी गाउँपालिकाको कार्यालय

            खोटाङ । पुस २०, खोटाङको बराहपोखरी गाउँपालिकाले नायव कृषि तथा पशु सेवा प्राविधिक सहायक नियुक्तीको तयारी गरेको छ । कृषि तथा पशुपालनको व्यवसायीकरणका लागि दक्ष जनशक्ती जुटाउन गाउँपालिकाले नायव कृषि सेवा प्राविधिक सहायक स्तर चौथो पदका लागि ३ जना र नायव पशु सेवा प्राविधिक सहायक स्तर चौथो पदका लागि ३ जना कर्मचारी नियुक्तीको तयारी गरेको हो ।

          नायव कृषि सेवा प्राविधिक सहायक स्तर चौथो पदको कर्मचारी छनौटका लागि गाउँपालिकाले सोमबार लिखित परिक्षा सञ्चालन गरेको छ । गाउँपालिकाको कार्यालयमा सञ्चालन गरिएको लिखित परिक्षामा ७ जना परिक्षार्थीले नाम निकालेको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले जारी गरेको सूचनामा उल्लेख छ । सो पदका लागि ३१ जनाले फर्म भरेकामा परिक्षामा १८ जना मात्र सामेल भएका थिए ।

        यस्तै, नायव पशु सेवा प्राविधिक सहायक छनौटका लागि आगामी पुस २२ गते लिखित परिक्षा सञ्चालन हुने गाउँपालिकाका प्रशासन सहायक रमेश पोखरेलले बताए । नायव पशु सेवा प्राविधिक सहायक स्तरका लागि पशुपालन तथा पशु स्वास्थ्य विषय लिएर टिएसएलसि उत्तिर्ण गरेको हुनुपर्ने गाउँपालिकाले जनाएको छ ।

       यस्तै, एक जना प्राविधिक सहायक नियुक्तीका लागि आगामी पुस २७ गते लिखित परिक्षा सञ्चालन हुने जनाइएको छ । गाउँपालिकामा दुई जना कार्यालय सहयोगी नियुक्तीका लागि आगामी माघ ५ गते परिक्षा मिति तोकिएको छ । दुई जना कार्यालय सहयोगीका लागि ५१ जनाको आवेदन परेको गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले बताए ।
     

    सम्बन्धित समाचार