Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    किरात बायुङ राई सुम्निखिम गठन

    किरात बायुङ राई सुम्निखिम गठन


    • मंगलवार, पौष २१ २०७७

    • नेपाल वाइड


    किरात बायुङ राई सुम्निखिम गठन

           खोटाङ । पुस २१, किरात बायुङ राईको साझा संस्था किरात बायुङ राई सुम्निखिम गठन गरिएको छ । देश विदेशमा छरिएर रहेका किरात बायुङ राईको इतिहास, भाषा, साहित्य, मुन्धुम संस्कृति, संस्कार, परम्पराको जगेर्ना तथा सामाजिक जागरणका लागि किरात बायुङ राई सुम्निखिम गठन गरिएको हो ।

          बायुङ राई समुदायले ज्ञानबहादुर राईको अध्यक्षतामा ११ सदस्यीय बायुङ राई सुम्निखिम गठन गरेको जनाएको छ । बायुङ राई सुम्निखिमको उपाध्यक्षमा गजिन्द्रबहादुर राई र उपाध्यक्ष दिपककुमार राई, महासचिव युवराज राई, सचिव भक्तबहादुर राई र कोषाध्यक्ष पार्वती राई तथा सदस्यहरूमा डम्बरसिं राई, मेजना राई, बिनायक राई, भिकुमारी राई र अनिसा राई रहेका छन् । गठित किरात बायुङ राई सुम्निखिमलाई जिल्ला प्रशासन कार्यालय काठ्माण्डौंमा सोमबार विधिवत दर्ता गरिएको छ ।

        यसअघि २०६१ सालमा बाहिङ किरात मुलुखिम गठन गरिएको अवस्थामा पुःन किरात बायुङ राई सुम्निखिम गठन गरिएको हो । बाहिङ किरात मुलुखिमले बाहिङ राई छुट्टै किरात जाति दावी गरेकाले किरात बायुङ राई सुम्निखिम गठन गरिएको जनाएको छ । ‘बाहिङ र बायुङबीच प्रतिस्पर्धा गर्न होइन, पुर्खाले आर्जेको इतिहास, बीरता, विरासत थाम्नको लागि गठन गरेका हौं,’ किरात बायुङ राई सुम्निखिमका अध्यक्ष बायुङले भने, ‘भिसी अगमसिंह राई बायुङ हुनुहुन्थ्यो ।

        नेपालका राजनीतिक क्रान्तियोद्धा पूर्वमन्त्री बलबहादुर राई लगायत बायुङ राई कुलका इतिहास पुरुषहरूको योगदानलाई स्वामित्व लिने र विरासत कायम राख्नकै निम्ति यो संस्था जन्माउन बाध्य भएका हौँ ।’  किरात राई जातिभित्र २५ भन्दा बढी भाषा समूह रहेका छन् ।

       त्यसमध्येको एक बायुङ राई पनि हो । बायुङ राईलाई बाहिङ भनेर चिनिन्छ । सम्बन्धित समुदायले आफूलाई बायुङ राई भन्दैआएकाले सोहीअनुसार संस्था गठन गरेको जनाइएको छ । २०६८ सालको जनगणनामा बाहिङ भाषा बोल्नेको संख्या ११ हजार ६ सय ५८ रहेको छ ।

    सम्बन्धित समाचार