Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    लागुऔषध चरेससहित होटेल सञ्चालक पक्राउ

    लागुऔषध चरेससहित होटेल सञ्चालक पक्राउ


    • मंगलवार, पौष २१ २०७७

    • नेपाल वाइड


    लागुऔषध चरेससहित  होटेल सञ्चालक पक्राउ

        कैलाली । कैलालीमा लागुऔषध चरेससहित एक होटेलका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । गोदावरी नगरपालिका–२, रिङरोडस्थित न्यू जानकी होटेल एन्ड लजको १०२ नम्बर कोठाबाट सात किलो चरेससहित सोही होटेलका सञ्चालक बलबहादुर धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

         सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले निज धामीलाई पक्राउ गरेको बताइएको छ ।  धामीलाई मंगलबार लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ । रासस

    सम्बन्धित समाचार