Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बराहपोखरीमा तीन जना कृषि सेवा प्राविधिक छनौट

    बराहपोखरीमा तीन जना कृषि सेवा प्राविधिक छनौट


    • मंगलवार, पौष २१ २०७७

    • नेपाल वाइड


    बराहपोखरीमा तीन जना कृषि सेवा प्राविधिक छनौट
    बराहपोखरी गाउँपालिकाको कार्यालय

          खोटाङ । पुस २१, खोटाङको बराहपोखरी गाउँपालिकाले कृषि सेवा प्राविधिक सहायक चौथो स्तरको कर्मचारी छनौट गरेको छ । कृषिको व्यवसायीकरणका लागि दक्ष जनशक्ती जुटाउन गाउँपालिकाले लिखित र मौखिक परिक्षामार्फत तीन जना नायव कृषि सेवा प्राविधिक सहायक चौथो छनौट गरेको हो ।

        मंगलबार सञ्चालन गरिएको अन्तरवार्ताबाट बराहपोखरी गाउँपालिका–२ सुन्तलेकी विनिता बञ्जारा, त्रियुगा नगरपालिका उदयपुरका अस्मिता कार्की र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका द्रोणराज रेग्मी नायव कृषि सेवा प्राविधिकमा उत्तिर्ण भएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले जारी गरेको सूचनामा जनाइएको छ ।

       अन्तरवार्तामा प्रवेश गरेका सात जना प्रतिष्पर्धीमध्येबाट तीन जनालाई छनौट गरिएको गाउँपालिकाका प्रशासन सहायक रमेश पोखरेलले बताए । गाउँपालिकाको नायव कृषि सेवा प्राविधिक सहायक चौथो पदका लागि ३१ जनाले फर्म भरेकामा परिक्षामा १८ जना मात्र परिक्षामा सामेल भएका थिए ।

        गाउँपालिकाले तीन जना नायव पशु सेवा प्राविधिक सहायक स्तर चौथोको पनि नियुक्तीको तयारी गरेको छ । नायव पशु सेवा प्राविधिक सहायक स्तरका लागि पशुपालन तथा पशु स्वास्थ्य विषय लिएर टिएसएलसि उत्तिर्ण गरेको हुनुपर्ने गाउँपालिकाले जनाएको छ ।

        यस्तै, एक जना प्राविधिक सहायक नियुक्तीका लागि आगामी पुस २७ गते लिखित परिक्षा सञ्चालन हुने जनाइएको छ । गाउँपालिकाले दुई जना कार्यालय सहयोगी नियुक्तीको तयारी पनि गरिरहेको छ । कार्यालय सहयोगी नियुक्तीका लागि आगामी माघ ५ गते परिक्षा मिति तोकिएको छ । दुई जना कार्यालय सहयोगीका लागि ५१ जनाको आवेदन परेको गाउँपालिका अध्यक्ष शालिकराम बञ्जाराले बताए ।


    सम्बन्धित समाचार