Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दक्षिण कोरियाले विमानभन्दा छिटो कुद्ने रेलको सफल परीक्षण गर्‍यो

    दक्षिण कोरियाले विमानभन्दा छिटो कुद्ने रेलको सफल परीक्षण गर्‍यो


    • बिहिवार, पौष २३ २०७७

    • नेपाल वाइड


    दक्षिण कोरियाले विमानभन्दा छिटो कुद्ने रेलको सफल परीक्षण गर्‍यो

         कोरियाली रेलमार्ग अनुसन्धान संस्थान ‘कोरेल’ले विश्वको सबैभन्दा द्रुतगतिमा कुद्ने रेलको सफल परीक्षण सम्पन्न गरेको छ । ‘कोरेलको पछिल्लो रेल संस्करण हाइपरट्युब रेल प्रतिघण्टा एक हजार किलोमिटरका दरले कुद्न सफल भएको जनाइएको छ । हाइपरट्युब कोरियाको हाइपरलुप रेलको नयाँ संस्करण हो ।

        कोरिया सरकारले हाइपरट्युब प्रोजेक्टका लागि सन् २०१७ देखि काम शुरु गरेको थियो । गत सेप्टेम्बरमा उक्त अवधारणाको पहिलो सफलतास्वरूप प्रतिघण्टा ७१४ किलोमिटरका दरले कुद्न सफल भएको थियो । नयाँ घोषणाअनुसार अब पहिला देखिएका सबै ‘फल्ट’हरु समाधान गरी प्रतिघण्टा एक हजार किलोमिटरभन्दा बढीको गतिमा कुद्न सक्ने गरी रेल प्रणालीको सफल परीक्षण सम्पन्न भएको कोरेलले जनाएको छ ।

       उक्त रेलको गति युरोपदेखि एशियासम्म लामो दूरीको उडान गर्ने विमानको भन्दा तीव्र भएको समेत दाबी गरिएको छ । यस्ता विमानको गति प्रतिघण्टा ८०० देखि एक हजार किलोमिटर हुन्छ । संस्थानले उक्त प्रविधिलाई थप परिष्कृत गर्दै लैजाने र सन् २०२२ सम्ममा ट्र्याक र पूर्ण सवारीको विकास गरिसक्ने जनाएको छ ।

      त्यस्तै सन् २०२४ सम्म उक्त रेल सञ्चालनमा ल्याइसक्ने सरकारको तयारी छ । अब उक्त रेल सञ्चालनमा आएपछि कोरियाको राजधानी सोलबाट बुसानसहित देशका जुनै स्थानमा ३० मिनेटभित्र पुग्न सकिने छ । रासस 

     

    सम्बन्धित समाचार