Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बराहपोखरीले नियुक्ती गर्‍याे कृषि तथा पशु सेवा प्राविधिक

    बराहपोखरीले नियुक्ती गर्‍याे कृषि तथा पशु सेवा प्राविधिक


    • बिहिवार, पौष २३ २०७७

    • नेपाल वाइड


    बराहपोखरीले नियुक्ती गर्‍याे कृषि तथा पशु सेवा प्राविधिक
    बराहपोखरी गाउँपालिकाको कार्यालय

        खोटाङ । पुस २३, खोटाङको बराहपोखरी गाउँपालिकाले कृषि तथा पशु सेवा प्राविधिक नियुक्ती गरेको छ । कृषि तथा पशुपालनको व्यवसायीकरण गर्ने लक्ष्यकासाथ गाउँपालिकाले तीन जना नायव कृषि सेवा प्राविधिक सहायक चौथो र तीन जना नायव पशु सेवा प्राविधिक सहायक चौथो नियुक्ती गरेको हो ।

        लिखित र मौखिक परिक्षामार्फत नायक पशु सेवा प्राविधिक सहायक चौथोतर्फ बराहपेखरी गाउँपालिका–६ मौवाबोटेका कर्णबहादुर खड्का, बराहपेखरी गाउँपालिका–१ बराहपोखरीका नवराज बञ्जारा र बराहपेखरी गाउँपालिका–३ साउनेचौंरका बिश्वास पौडेल छानिएका छन् ।

       यस्तै, बराहपोखरी गाउँपालिका–२ सुन्तलेकी विनिता बञ्जारा, त्रियुगा नगरपालिका उदयपुरका अस्मिता कार्की र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका द्रोणराज रेग्मी नायव कृषि सेवा प्राविधिक सहायक चौथोमा नियुक्त भएको गाउँपालिकाका प्रशासन सहायक रमेश पोखरेलले बताए ।

       यस्तै, गाउँपालिकाले एक जना प्राविधिक सहायक नियुक्तीका लागि आगामी पुस २७ गते लिखित परिक्षा सञ्चालन गर्ने तयारी गरेको छ । गाउँपालिकाले दुई जना कार्यालय सहयोगी नियुक्तीको तयारी पनि गरिरहेको छ ।

       कार्यालय सहयोगी नियुक्तीका लागि आगामी माघ ५ गते परिक्षा मिति तोकिएको छ । दुई जना कार्यालय सहयोगीका लागि ५१ जनाको आवेदन परेको गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले बताए ।

     

    सम्बन्धित समाचार