Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हलेसी तुवाचुङ नगरपालिकाले ल्यायो कपास खेती प्रवद्र्धनका कार्यक्रम

    हलेसी तुवाचुङ नगरपालिकाले ल्यायो कपास खेती प्रवद्र्धनका कार्यक्रम


    • शुक्रवार, पौष २४ २०७७

    • नेपाल वाइड


    हलेसी तुवाचुङ नगरपालिकाले ल्यायो कपास खेती प्रवद्र्धनका कार्यक्रम
    फायल तस्बिर

           खोटाङ । पुस २४, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कपास खेती प्रवद्र्धनका कार्यक्रम ल्याएको छ । बाजेबजुको अन्त्यासँगै संकटमा पुगेको खाँडीको कपडा बुन्ने पेशालाई जगाउनका लागि नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा १० लाखको कार्यक्रम ल्याएको हो ।

         कपास खेती प्रवद्र्धन गर्नका लागि बजेट विनियोजन गरेको नगरपालिकाले १५ दिनभित्र प्रस्ताव पेश गर्न आव्हान गरेको छ । कृषि शाखाले जारी गरेको सूचनामा वाली बिकास तथा जैविक विविधता संरक्षण कार्यक्रम अन्तरगत कपास खेती कार्यक्रमका लागि प्रस्ताव पेश गर्न कृषि सहकारी, कृषि फर्म र कृषक समुहलाई आग्रह गरिएको छ ।

        खाँडीको कपडा उत्पादन गर्ने घरेलु उद्योगलाई प्रवद्र्धन गर्नका लागि कपास खेतीमा लगानी गर्ने कार्यक्रम ल्याइएको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले बताउनुभयो । संकटमा पुगेको पुर्खौली व्यवसायलाई जगाउनका लागि नगरपालिकाले यस आर्थिक वर्ष कपास खेतीका लागि बजेट विनियोजन गरेको हो ।

       विनियोजित बजेट खाँडीको कपडा उत्पादन गर्न प्रयोग हुने कपास उत्पादनका लागि खर्च गरिने जनाइएको छ । बाबुबाजेको पालासम्म हलेसी तुवाचुङ नगरपालिकाका बिभिन्न वडामा कपासबाट खाँडीका कपडा उत्पादन गर्ने गरिएकामा हाल कपासबाट कपडा उत्पादन हुन छाडेको छ । लोपोन्मुख बनिसकेको खाँडीको तान अहिले पनि गाउँघरमा देख्न सकिन्छ ।

       ११ वडा रहेको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान कात्तिकेका एक घरमा भने हालसम्म कोगटी र ढ्यांग्रे कपासबाट खाँडीको कपडा उत्पादन हुँदै आएको छ ।

    सम्बन्धित समाचार