Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    फोहोरमैला व्यवस्थापन योजना बनाउँदै हलेसी तुवाचुङ नगरपालिका

    फोहोरमैला व्यवस्थापन योजना बनाउँदै हलेसी तुवाचुङ नगरपालिका


    • शुक्रवार, पौष २४ २०७७

    • नेपाल वाइड


    फोहोरमैला व्यवस्थापन योजना बनाउँदै हलेसी तुवाचुङ नगरपालिका
    फायल तस्बिर

        खोटाङ । पुस २४, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले फोहोरमैलाको दिगो व्यवस्थापनका लागि योजना निर्माण सुरु गरेको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसीबजारबाट निस्कने फोहोरमैलाको दिगो व्यवस्थापनका लागि नगरपालिकाले योजना बनाउन थालेको हो ।

        आर्थिक वर्ष २०७४/०७५ मा हलेसी नजिकैको नाङ्गेडाँडामा डम्पीङसाईट निर्माण गरेर फोहोरमैला मिल्काउने व्यवस्था मिलाएको नगरपालिकाले फोहोरमैलाको वर्गीकरण गर्दै पुःन प्रयोगमा ल्याउन सकिने फोहोरलाई पुःन प्रयोगमा ल्याउने, मल बनाउन सकिने फोहोरलाई मल उत्पादनमा प्रयोग गर्नेगरी योजना निर्माण सुरु गरेको जनाएको छ ।

        फोहोरमैला व्यवस्थापन सम्वन्धी कार्यविधि नै तयार पारेर हलेसीको फोहोरमैला व्यवस्थापनको योजना बनिरहेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो । फोहोरमैला व्यवस्थापनका विषयमा अन्य स्थानीय तहले अपनाइरहेको विधिलाई समेत अध्ययन गरेर अनुशरण गरिने नगरपालिकाले जनाएको छ ।

        फोहोरमैला व्यवस्थापनका क्रममा नगरपालिकाले सड्ने वा नसड्ने फोहोरमैलालाई बजारमै छुट्टा–छुट्टै राख्ने व्यवस्था मिलाउने, डम्पीङसाइट जाने बाटो व्यवस्थित बनाउने, टहरा बनाउने, फोहोरमैला व्यवस्थापनका काममा खटिने कामदार बस्ने ठाउँ बनाउने लगायतका योजना बनाएको छ ।

        हिन्दु, किरात र बौद्धधर्मावलम्बीको त्रि–धार्मिकस्थल हलेसीलाई सफा, स्वच्छ र सुन्दर बनाएर पर्यटन प्रवद्र्धनका लागि हलेसी तुवाचुङ नगरपालिकाले २०७४ साल पुस १७ गतेदेखि फोहोरमैला व्यवस्थापन अभियान थालेको हो ।

    सम्बन्धित समाचार