Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सिनेमा हल खोल्ने सरकारको निर्णय

    सिनेमा हल खोल्ने सरकारको निर्णय


    • आइतवार, पौष २६ २०७७

    • नेपाल वाइड


    सिनेमा हल खोल्ने सरकारको निर्णय
    फायल तस्बिर

          काठमाडौं । सरकारले सिनेमा हल खोल्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले सिनेमा हल खोल्ने निर्णय गरेको हो । गत चैत ७ गतेबाट बन्द रहेका सिनेमा घर खोल्ने सरकारले निर्णय गरेको हो । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सिनेमा हल खोल्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

         चैतदेखि सिनेमा हल बन्द हुँदा चलचित्र घरहरुले मात्रै करिब २ अर्ब रुपैयाँ घाटा बेहोर्नु परेको थियो । नेपालभर करिब २०० सिनेमा घर छन् । निर्माता संघका अनुसार एक अर्ब लगानीका चलचित्र निर्माण सम्पन्न भएर बसेका छन् । 

        आज बिहान चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी र नायक शिव श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सिनेमा हल खोल्न आग्रह गरेका थिए । 

     

    सम्बन्धित समाचार