Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    भाकल पुरा भएको भन्दै प्रभाले चढाईन् हलेसीमा १ तोला ४ आनाको सुनको सिक्री

    भाकल पुरा भएको भन्दै प्रभाले चढाईन् हलेसीमा १ तोला ४ आनाको सुनको सिक्री


    • सोमवार, पौष २७ २०७७

    • नेपाल वाइड


    भाकल पुरा भएको भन्दै प्रभाले चढाईन् हलेसीमा १  तोला ४ आनाको सुनको सिक्री
    अनमी प्रभा राईले हलेसीमा चढाएको सुनको सिक्री

        खोटाङ । पुस २७, उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेकी प्रभा राईले खोटाङको हलेसीमा एक तोला चार लालको सुनको सिक्री चढाएकी छन् । आफ्नो भाकल पुरा भएको भन्दै प्रभाले सोमबार हलेसी मन्दिरमा सुनको सिक्री चढाएकी हुन् । ‘लोकसेवा पास गरे हलेसीमा सुन चढाउने’ भाकल गरेकी राईले दर्शन गर्दै सुन चढाएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।

         प्रभा उदयपुरकै त्रियुगा नगरपालिका–१४ साउनेस्थित स्वास्थ्यचौकीमा अनमीका रुपमा कार्यरत छिन् । प्रभाले बालाचतुर्दशी, रामनवमी, हरिबोधनी, एकादशी जस्ता कुनै अवशर पारेर महादेवलाई पहिराइदिन भन्दै हलेसी महादेव मन्दिर व्यवस्थापन समितिलाई सुन हस्तान्तरण गरेकी छन् ।

         सुनको सिक्री हलेसी महादेवस्थान विकास समितिका प्रतिनिधि सर्वधन बस्नेत, हलेसी गुफाका पुजारी गोपाल गिरी र हलेसी महादेव मन्दिर व्यवस्थापन समितिका प्रतिनिधि हर्कराज राईले कागज गरेर बुझेका छन् ।

          सरकारी जागीरमा प्रवेश गरेको ६ वर्षपछि प्रभा भाकल पुरा गर्न हलेसी आइपुगेकी हुन् । दर्शनार्थीले चढाएका सुन चाँदीका गरगहना शिवजी तथा पार्वतीलाई चाडबाड विशेषमा पहिर्‍याउनमा प्रयोग गरिने मेयर राईले बताए ।

        समितिलाई उपलव्ध गराइएको कागजमा अनमी प्रभाले लिखिरुपमा दुबै मिर्गौला फेल भएकी आफ्नो आमाको स्वास्थ्य लाभको कामना गरेकी छन् । सरकारी जागीर पाउनका लागि उनले बहिनीको नाममा पनि लिखित भाकल गरेकी छन् ।


     

     

    सम्बन्धित समाचार