मंगलवार, पौष २८ २०७७
नेपाल वाइड
जिल्ला प्रहरी कार्यालय बाँकेले हत्यामा संलग्न भई फरार रहेका दुईजनालाई पक्राउ गरेको छ । वि.सं. २०७२ असार २८ गते चेतन मानन्धरको हत्यामा संलग्न भएको दोषमा नेपालगन्जका हरि वली र विवाद पाठकलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेले मंगलबार पत्रकार सम्मेलन गरी दुई अभियुक्तलाई सार्वजनिक गरेको छ । नेपालगन्ज–१२, सुर्खेतरोडमा नेपालगन्ज उपमहानगरपालिका–८ का २८ वर्षीय मानन्धरको हतियार प्रहार गरी हत्या गरिएको थियो ।
उक्त घटनाका अभियुक्त नेपालगन्ज–१८ का ३० वर्षीय वली र ३१ वर्षीय पाठकलाई उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासले आजीवन कैद सजाय तोकेको थियो । त्यसलगत्तै उनीहरु फरार थिए । रासस