मंगलवार, पौष २८ २०७७
नेपाल वाइड
काठमाडौँ । १० हजार घुससहित एक जना महिला प्रहरी हवल्दार पक्राउ परेकी छन् । ईलाका प्रहरी कार्यालय, बेलचौतारा, तनहुँको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी हबल्दार शान्ति भण्डारी १० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेकी हुन् ।
भण्डारीले उक्त कार्यालयबाट नियन्त्रणमा लिएको व्यक्ति छुटाइदिने भन्दै सेवाग्राहीसँग घुस रकम लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
विशेष सूचनाका आधारमा आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले हवल्दार भण्डारीलाई सेवाग्राहीबाट रकम लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिएको जनाएको छ ।