Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङको जन्तेढुंगामा हप्ता दिनका लागि पठन–पाठन बन्द

    खोटाङको जन्तेढुंगामा हप्ता दिनका लागि पठन–पाठन बन्द


    • बुधवार, पौष २९ २०७७

    • नेपाल वाइड


    खोटाङको जन्तेढुंगामा हप्ता दिनका लागि पठन–पाठन बन्द
    जन्तेढुंगा गाउँपालिकाको कार्यालय

    खोटाङ । पुस २९, खोटाङको जन्तेढुंगा गाउँपालिकामा हप्ता दिनका लागि पठन–पाठन बन्द गरिएको छ । जाडो बढेसँगै विद्यार्थीलाई निमोनिया, रुघाखोकी र ज्वरोले सताउन थालेपछि गाउँपालिकाले बुधबारदेखि आगामी माघ ६ गतेसम्मका लागि विद्यालयको पठन–पाठन बन्द गरेको हो ।

    विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै शिक्षा समितिको मंगलबारको बैठकले जन्तेढुंगा गाउँपालिकामा सञ्चालित ३६ वटा सामुदायीक विद्यालयको कक्षा हप्ता दिनका लागि कक्षा बन्द गर्ने निर्णय गरेको हो ।

    कक्षा बन्द रहेको अवधिमा आन्तरिक लेखा परिक्षण, अन्तिम लेखा परिक्षण, भौतिक निर्माण र कार्यतालिका निर्माण लगायतका प्रशासनिक कार्यलाई भने निरन्तरताका लागि पत्राचार गरिएको गाउँपालिकाले जनाएको छ ।

     

    सम्बन्धित समाचार