Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बराहपोखरीमा दुई जना कार्यालय सहयोगीका लागि ५१ जनाको आवेदन

    बराहपोखरीमा दुई जना कार्यालय सहयोगीका लागि ५१ जनाको आवेदन


    • बिहिवार, माघ १ २०७७

    • नेपाल वाइड


    बराहपोखरीमा दुई जना कार्यालय सहयोगीका लागि ५१ जनाको आवेदन
    बराहपोखरी गाउँपालिकाको कार्यालय

    खोटाङ । माघ १, खोटाङको बराहपोखरी गाउँपालिकामा दुई जना कार्यालय सहयोगीका लागि ५१ जनाको आवेदन गरेको छ । एक जना गाउँपालिका र एक जना वडा कार्यालयका लागि नियुक्त गरिने कार्यालय सहयोगीका लागि अधिकतर संख्यमा आवेदन परेको हो ।

    कार्यालय सहयोगीका लागि उदयपुरबाट समेत आवेदन परेको गाउँपालिकाका प्रशासन सहायक रमेश पोखरेलले बताए । कार्यालय सहयोगी नियुक्तीका लागि आगामी माघ ५ गते परिक्षा सञ्चालन गर्ने गाउँपालिकाको तयारी छ । करार सेवामा दुई जना कार्यालय सहयोगी नियुक्तीका लागि गाउँपालिकाले गत भदौ २३ गते सूचना प्रकाशन गरेको थियो ।

    बेरोजगारको समस्यका कारण कार्यालय सहयोगीकै लागि लागि अपेक्षाभन्दा बढि स्थानीयको आवेदन परेको गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराले बताए । छनौट भएका उम्मेदवारमध्ये एक जनालाई गाउँपालिका र अर्कालाई बराहपोखरी गाउँपालिका–३ साउनेचौंर वडा कार्यालयमा खटाउने तयारी गरिएको छ ।

    मासिक १८ हजार तलव दिनेगरी गाउँपालिकाले एसइई वा सो सरह उत्तिर्ण गरेका १८ वर्षदेखि २५ वर्ष ननाघेका व्यक्तीबाट आवेदन आव्हान गरेको थियो ।

     

    सम्बन्धित समाचार