Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नयाँ घर पाउँदा पहिरो पिडित बृद्धाबृद्धा दंग

    नयाँ घर पाउँदा पहिरो पिडित बृद्धाबृद्धा दंग

    बाँकी रहेको रकम ब्रेन हेमरेज पिडितलाई

    • शनिवार, माघ ३ २०७७

    • नेपाल वाइड


    नयाँ घर पाउँदा पहिरो पिडित बृद्धाबृद्धा दंग
    मानबहादुर र जानुकामायाँ खत्रीको पहिलाको घर र अहिलेको नयाँ घर

    खोटाङ । माघ २, वर्षाका कारण घर भत्किएपछि विचल्नीमा परेका खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका मानबहादुर खत्रीको घर चन्दा उठाएरै पुःननिर्माण गरिएको छ । गत असार ३२ गतेको भारी वर्षाका कारण भत्किएको खत्री दम्पत्तीको घर आफन्त तथा शुभेच्छुकको पहलमा सहयोग संकलन गरेर पुःननिर्माण गरिएको हो ।

    स्थानीय थिरेन्द्र भट्टराई र सन्तोष केसीको पहलमा सहयोग अभियान सञ्चालन गरेर पिडित खत्री दम्पत्तीको नयाँ घर निर्माण गरिएको हो । खत्रीको घर पुःननिर्माणका लागि स्वदेश तथा विदेशबाट ३ लाख ६० हजार ८६२ रुपैयाँ संकलन भएको थियो । तर घर पुःननिर्माणका क्रममा संकलन भएकामध्ये ३ लाख २१ हजार ७०८ रुपैयाँमै खत्री दम्पत्तीको नयाँ घर ठडिएको अभियान्ता भट्टराईले बताए ।

    वर्षा याममा पहिरोले बस्नै नमिल्ने अवस्थामा पुगेको घरको सट्टा भूकम्प पुःननिर्माण प्राधिकरणको शैलीमा नयाँ घर निर्माण गरिएको छ । घर भत्किएपछि आवास विहिन बनेका खत्री दम्पत्ती शुक्रबार छिमेकी शारदा दाहाल, तेजबहादुर दाहाल रमेश र पूर्ण भट्टराईको रोहवरमा घर पैंचो गर्दै नयाँ घरमा भित्रिएका छन् । एक मात्र छोरीले विवाह गरेपछि घरमा वृद्ध दम्पत्ती मात्र बसिरहेका छन् ।

    home made for khatri couple photo_khotang.jpg

    खत्री दम्पत्तीको दयनीय अवस्था देखेर आफन्तले घर पुःननिर्माणका लागि स्वदेश तथा विदेशमा सहयोग अभियान सञ्चालन गरेका थिए । पहिरो पिडित दम्पत्तीको घर पुःननिर्माणका लागि साकेला गाउँपालिकाले पनि १५ हजार आर्थिक सहयोग गरेको थियो ।

    यस्तै, हाल यूकेमा रहेकी समाजसेवी ईशा गुरुङले तीज मनाउने खर्च कटाएर बृद्धबृद्धाको घर बनाउनका लागि २० हजार, संयुक्त आवाज परिवर्तन समाज नेपालले १७ हजार १५५ रुपैयाँ, दाहाल प्रतिष्ठान खोटाङले पनि १० हजार र दाहाल प्रतिष्ठान प्रारम्भिक समिति निर्मलीडाँडाले ८ हजार सहयोग गरेको थियो ।

    बाँकी रहेको रकम ब्रेन हेमरेज पिडितलाई

    बृद्ध खत्री दम्पत्तीको घर निर्माण गरेपछि बाँकी रहेको रकम साकेला गाउँपालिका–१ बाँझेच्यानडाडाँकै ब्रेन हेमरेज पिडित जितेन्द्रप्रसाद खत्रीलाई हस्तान्तरण गर्ने तयारी गरिएको छ । घर पुःननिर्माणकाक्रममा बाँकी रहेको ३९ हजार १५४ रुपैयाँमा अन्य रकम थप गरेर ब्रेन हेमरेज पिडित खत्रीलाई उपचार सहयोग स्वरुप प्रदान गर्ने तयारी गरिएको अभियान्ता भट्टराईले बताए । ब्रेन हेमरेज पिडित खत्री विगत ४/५ महिना अगाडिदेखि काठ्माण्डौंको मोडेल अस्पतालमा उपचार गराईरहेका छन् ।

    सम्बन्धित समाचार