आइतवार, माघ ४ २०७७
नेपाल वाइड
काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाखमा तोकिएको चुनावका विषयमा राजनीतिक दलसँग परामर्श गरेको छ । आइतबार विभिन्न दलका प्रतिनिधिहरु बोलाएर चुनावका विषयमा आयोगले छलफल गरेको हो । आयोगले मतदान केन्द्र पुनरावलोकन कार्यक्रमका बारेमा जानकारी गराइ उनीहरुको राय परामर्श समेत लिएको जानकारी दिएको छ ।
आयोगले राजनीतिक दलसँग चुनावको कार्यक्रममा सहभागी भइदिन तथा आमनागरिकलाई सहभागी हुनका लागि राजनीतिक दलका तर्फबाट सबैलाई सुसूचित गराउन तथा चुनाव सम्पन्न गर्नका लागि सहयोग समन्वय र सहजीकरण गरिदन अनुरोध गरेको हो । आयोगले माघ १५ गते सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली प्रकाशन गर्ने समेन जानकारी दिएको छ ।
मतदाता नामावली अध्यावधिक गर्ने कार्य स्थानीय तहमा माघ १५ देखि २१ गतेसम्म सञ्चालन गर्ने र १५ गते मतदाता नामावलीको सूचना प्रकाशित गर्ने तयारी भएको जानकारी गराएको हो । सोही समयमा नामावली सच्याउन सकिने आयोगले जनाएको छ । यस्तै मतदान केन्द्र र तयारी बारेमा छलफल भएको थियो । सरकारले संसद विघटन गरी आउँदो वैशाख १७ र १७ गते चुनावको घोषणा गरेको छ।