Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    मन्दिर

    खोटेहाङकाे चिप्रिङ खोलामा श्यामगंगा मन्दिर

    खोटेहाङकाे चिप्रिङ खोलामा श्यामगंगा मन्दिर


    • आइतवार, माघ ४ २०७७

    • नेपाल वाइड


    खोटेहाङकाे चिप्रिङ खोलामा श्यामगंगा मन्दिर
    खोटेहाङ गाउँपालिका–५ चिप्रिङ र खोटेहाङ गाउँपालिका–६ ईन्द्रेणीपोखरीको सिमानामा पर्ने चिप्रिङ खोलामा निर्माण गरिएको श्यामगंगा मन्दिर

    खोटाङ ।, माघ ४, खोटाङको खोटेहाङ गाउँपालिका–५ चिप्रिङ र खोटेहाङ गाउँपालिका–६ ईन्द्रेणीपोखरीको सिमानामा पर्ने चिप्रिङ खोलामा श्यामगंगा मन्दिर निर्माण गरिएको छ । भारतमा रहेको श्यामगंगा नदीको शिरकारुपमा रहेको धार्मिक मान्यताका आधारमा चिप्रिङ खोलामा श्यामगंगा मन्दिर निर्माण गरिएको हो ।

    आर्थिक वर्ष २०७५/०७६ देखि निर्माण सुरु गरिएको मन्दिर यसपल्ट पुरा गरिएको हो । क्रमागत योजनाकारुपमा गाउँपालिका, वडा कार्यालय चिप्रिङ र ईन्द्रेणीपोखरीको ३० लाखको खर्चमा श्यामगंगा मन्दिर निर्माण गरिएको हो । धार्मिक पर्यटनको विकासका लागि ३० लाख ६० हजारको लागतमा खोलामा मन्दिर निर्माण गरिएको ईन्द्रेणीपोखरीका वडाध्यक्ष देबिन्द्र राईले बताए ।

    दुई किनारबाट जग उठाएर खोलाको बिचमा मन्दिर निर्माण गरिएकाे छ । ‘भारतमा बहने श्यामगंगाको शिर नै यही खोला हो भन्ने धार्मिक मान्यता छ ।

    हिन्दु धर्मावलम्बीको धार्मिक ग्रन्थमा समेत यही कुरा उल्लेख छ,’ वडाध्यक्ष राईले भने, ‘यही धार्मिक मान्यताका आधारमा गाउँपालिका र दुई वडा कार्यालय मिलेर मन्दिर निर्माण गरिएको हो ।’ श्यामगंगा मन्दिरलाई श्यामगंगा नदीको शिरकारुपमा प्रचार–प्रसार गर्न सके धार्मिकस्थलका रुपमा विकास गर्न सकिने सम्भावना रहेको छ ।

     

    सम्बन्धित समाचार