Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    नेपाली लिन चार्टर उडान गरी पहिलो पटक मकाउ उड्दै नेपाल एयरलाइन्स

    नेपाली लिन चार्टर उडान गरी पहिलो पटक मकाउ उड्दै नेपाल एयरलाइन्स


    • मंगलवार, माघ ६ २०७७

    • नेपाल वाइड


    नेपाली लिन चार्टर उडान गरी पहिलो पटक मकाउ उड्दै नेपाल एयरलाइन्स
    फायल तस्बिर

    काठमाडौं । नेपाल एयरलाइन्स नेपाली लिन चार्टर उडान गरी पहिलो पटक मकाउ उड्दै छ । मंगलबार राति साढे ११ बजे निगमको न्यारो बडी विमान नेपाली लिन मकाउ उड्न लागेको हो ।निगमले चार्टड उडानमार्फत पहिलो पटक मकाउ उडान गर्न लागेको नेपाल वायुसेवा निगमले जनाएको छ ।

    कोभिड १९ ले बेरोजगार भएर अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन निगमले मकाउ चार्टर्ड उडान गर्न लागेको हो । चार्टर्ड उडानबाट निगमको विमान पहिलो पटक मकाउ जान लागेको निगम प्रवक्ता करिश्मा श्रेष्ठले बताइन् ।

    मकाउ चार्टर्ड उडानका लागि हङकङस्थित नेपाली महावाणिज्य दूतवासले समन्वय र सहजिकरण गरेको उनले बताइन् । नेपालीलाई लिएर निगमको विमान बुधबार विहान १० बजेर ५० मिनेटमा अवतरण गर्ने छ ।

    सम्बन्धित समाचार