Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    सार्वजनिक सुनुवाई

    आर्थिक वर्ष २०७६/०७७ मा बराहपोखरीको ६९.८१ प्रतिशत खर्च

    आर्थिक वर्ष २०७६/०७७ मा बराहपोखरीको ६९.८१ प्रतिशत खर्च


    • बुधवार, माघ ७ २०७७

    • नेपाल वाइड


    आर्थिक वर्ष २०७६/०७७ मा बराहपोखरीको ६९.८१ प्रतिशत खर्च
    बराहपोखरी गाउँपालिकाको सार्वजनिक सुनुवाईमा सहभागी

    खोटाङ । माघ ७, खोटाङको बराहपोखरी गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा कुल बजेटको ६९.८१ प्रतिशत रकम खर्च गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा विनियोजित कुल ३६ करोड २५ लाख १० हजार ९४२ बजेटमध्ये गाउँपालिकाले ६९.८१ प्रतिशत खर्च गरेको हो ।

    आर्थिक वर्ष २०७६/०७७ को वार्षिक समिक्षा तथा आर्थिक वर्ष २०७७/०७८ को चौमासिक अवधिको पालिका स्तरिय सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाको आम्दानी र खर्चका बारेमा जानकारी दिइएको हो । यस्तै, चालु आर्थिक वर्षको प्रथम चौमासिकमा कुल बजेटको १०.४१ प्रतिशत रकम खर्च भएको छ ।

    आर्थिक वर्ष २०७७/०७८ मा विनियोजित २९ करोड ९४ लाख ९५ हजारमध्ये गत कात्तिक मसान्तसम्ममा १०.४१ प्रतिशत रकम खर्च भएको गाउँपालिकाका लेखा अधिकृत छत्रबहादुर बानियाँले जानकारी थिए । चालु आर्थिक वर्षको प्रथम मौमासिकको खर्चमा सामाजिक सुरक्षा भत्ताको हिसाव जोडिएको छैन ।

    गाउँपालिकाको प्रांगणमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी स्थानीयले हालसम्म सञ्चालन भएका योजना, खर्च तथा निकासा लगायतका विषयमा प्रश्न उठाएका छन् । उठेका सवालका विषयमा गाउँपालिका अध्यक्ष शालिकराम बञ्जरा, उपाध्यक्ष गोमा मगर, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन तथा विषयगत शाखाका संयोजकले जवाफ दिएका थिए ।

    सार्वजनिक सुनुवाई गर्नुपर्ने भए पनि कतिपय स्थानीय तह भने सार्वजनिक सुनुवाई गर्नबाट पन्छिने गरेको छ । जिल्लाका हरेक स्थानीय तहको वेवसाईटमा चौमासिक प्रतिबेदन राख्नका लागि अर्काइभ राखिएको भए पनि हालसम्म कुनै प्रतिबेदन समावेश गरिएको देखिएको छैन ।

     

    सम्बन्धित समाचार