Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सगरमाथा टिन्स क्लवको अध्यक्षमा कविता

    सगरमाथा टिन्स क्लवको अध्यक्षमा कविता


    • बुधवार, माघ ७ २०७७

    • नेपाल वाइड


    खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कस्थित त्रिभुवन माबिमा सगरमाथा टिन्स क्लवको पुःर्नगठन गरिएको छ । कविता बनको अध्यक्षतामा सगरमाथा टिन्स क्लवको नयाँ समिति पुःर्नगठन गरिएको हो । प्रदेश सरकारको पहलमा गठित टिन्स क्लवको तत्कालिन अध्यक्षबाट बालकुमार बस्नेत विदा भएपछि वनले अध्यक्षको जिम्मेवारी सम्हालेकी हुन् ।

    क्लवकामाध्यमबाट किशोर किशोरीलाई सही मार्गमा लाग्न, विद्यालयको भौतिक तथा शैक्षिक विकासमा सहयोग पुर्‍याउन र समाजमा सकरात्मक परिवर्तनकालागि पहल गर्ने सगरमाथा टिन्स क्लवका नवनिर्वाचित अध्यक्ष वनले बताईन् ।

    टिन्स क्लवले पाक्षिक भित्ते पत्रिका प्रकाशनलाई निरन्तरता दिने, विद्यालयको वातावरण स्वच्छ र हराभरा बनाउन पहल गर्ने तथा किशोरीलाई आत्मसुरक्षा सम्वन्धी तालिम दिने लगायतका योजना बनाएको जनाएको छ ।

    सम्बन्धित समाचार