बिहिवार, माघ ८ २०७७
नेपाल वाइड
काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले थ्रीजीबाट फोरजी मा सिम अपग्रेड गर्ने ग्राहकका लागि मङ्गलबार बोनस योजना ल्याएको छ । यो योजना अन्तर्गत फोरजीमा सिम अपग्रेड गर्ने ग्राहकले दुई जीबी फोरवी डाटा बोनस पाउने कम्पनीले जनाएको छ ।
एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत यो योजना ल्याएको हो । सिम अपग्रेड गर्न एनसेलका ग्राहकले आफ्नो नजिकैको एनसेल सेन्टर, एनसेल पसल वा एनसेलको आधिकारिक बिक्रेतामार्फत आफ्नो सिम कार्ड सजिलै विना कुनै शुल्क फोरजीमा अपग्रेड गर्न सक्छन् ।
फोरजी सेवा प्रयोगका लागि फोरजी सिम, फोरजी सपोर्ट गर्ने मोबाइल र फोरजी नेटवर्क कभरेज भएको ठाउँ हुनुपर्दछ । आफूले प्रयोग गरेको सिम फोरजी हो कि होइन भनेर (३२४) डायल गरी वा अङ्ग्रेजीमा अक्षर ठूलो ‘क्यू’ लेखि ३२४ मा एसएमएस पठाइ थाहा पाउन सकिन्छ।