Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    हलेसी

    हलेसीमा महिना दिनमा ३ लाख २६ हजार भेटीघाटी संकलन

    हलेसीमा महिना दिनमा ३ लाख २६ हजार भेटीघाटी संकलन


    • बिहिवार, माघ ८ २०७७

    • नेपाल वाइड


    हलेसीमा महिना दिनमा ३ लाख २६ हजार भेटीघाटी संकलन
    फायल तस्बिर

    खोटाङ । माघ ८, खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा महिना दिनको अवधिमा ३ लाख २६ हजार ४ सय भेटीघाटी संकलन भएको छ । गत पुस ८ गतेदेखि माघ ८ गतेसम्मको अवधिमा हलेसी महादेवस्थान शिव र पार्वती थानबाट २ लाख ५४ हजार ४५० रुपैयाँ र मन्दिरको प्रांगणमा रहेको दान पेटिकाबाट ७१ हजार ९५० रुपैयाँ भेटीघाटी संकलन भएको हो ।

    कोभिड–१९ को त्रासकाबिचमा पनि हलेसीमा दर्शन गर्न र भ्रमण गर्न आएका स्वदेश तथा विदेशका तिर्थयात्रीबाट महिना दिनमै लाखौं भेटीघाटी संकलन भएको हलेसी तुवाचुङ नगरपालिका मेयर इवन राईले बताउनुभयो । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसीमा महिना दिनकै अवधिमा भारु ५ हजार ७६० र अमेरिकन २ डलर चढाइएका छन् ।

    यस्तै, हलेसी आएका दर्शनार्थीले ७३.२२० ग्राम चाँदी र १.३१० ग्राम सुन चढाएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले बताउनुभयो । यस अवधिमा त्रियुगा नगरपालिका–६ जलजलेकी प्रभा राईले १ तोला ४ लालको सुनको सिक्री चढाएको हलेसी सूचना केन्द्रले जनाएको छ ।

    हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको आस्थाको केन्द्रकारुपमा रहेको हलेसीमा गत मंसिर १६ गतेदेखि पुस ८ गतेसम्मको अवधिमा दर्शनार्थी तथा पर्यटकबाट ५ लाख ६४ हजार २९० रुपैयाँ भेटीघाटी संकलन भएको थियो । कोरोना भाइरसको महामारीका कारण गत चैत ८ गतेदेखि रोक लगाइएको हलेसी गुफा (मन्दीर) प्रवेश गत मंसिर १६ गतेदेखि खुला गरिएको थियो ।

    सम्बन्धित समाचार