Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    मोटरेबल पुल

    साप्सु खोला पुलको काम ३५ प्रतिशत सम्पन्न

    साप्सु खोला पुलको काम ३५ प्रतिशत सम्पन्न


    • बिहिवार, माघ ८ २०७७

    • नेपाल वाइड


    साप्सु खोला पुलको काम ३५ प्रतिशत सम्पन्न
    साप्सु खोलाको निर्माणाधिन मोटरेबल पुल तस्बिर : सौजन्य

    खोटाङ । माघ ८, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका जोड्ने साप्सु खोलाको मोटरेबल पुलको काम ३५ प्रतिशत पुरा भएको छ । करिब चार महिना म्याद बाँकी रहँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने साप्सु खोलाको मोटरेबल पुलको काम ६५ प्रतिशत बाँकी देखिएको छ ।

    यद्यपी, ४० मिटर लम्बाई भएको पुलको काम निर्धारित समयमै पूरा गर्नेगरी गति दिइएको सुर्य एण्ड सन्स प्रालिका प्रोजेक्ट ईन्चार्ज एबं एकाउन्टेन्ट हरिप्रसाद बरालले बताउनुभयो । निर्माण कम्पनीका अनुशार प्रिस्ट्रेस बिम पुलको हालसम्म दुबै किनाराको पिलर ठड्याउने काम सम्पन्न भइसकेको छ । खोलाको पश्चिमतर्फ डाइभर्सन गरेर केही दिनपछि बोर्ड र टेको लगाउन सटरिङ फर्माको काम सुरु गरिने निर्माण कम्पनीले जनाएको छ ।

    बरालका अनुशार पुलको हाल मेसिनरी वालको काम भइरहेको छ । पुलको कामका लागि आवश्यक बालुवा जम्मा भइसकेको छ । यस्तै, गिटी जुटाउन ढुंगा संकलन भइरहेको छ । रड ल्याउनेक्रम काम पनि जारी रहेको निर्माण कम्पनीले जनाएको छ । सुर्य एण्ड सन्स प्रालिले २०७८ साल जेठ १७ गते प्रिस्ट्रेस बिम पुल निर्माणको काम सम्पन्न गर्नेगरी २०७६ साल जेठ १७ गते सम्झौता गरेको थियो ।

    मुल्य अभिबृद्धि करसहित ५ करोड ६० लाख १० हजार ५४५ मा ठेक्का लिएको निर्माण कम्पनी सुर्य एण्ड सन्स प्रालिले शिलान्यास भएको ६ महिनापछि पुलको काम सुरु गरेको थियो । स्थानीय सडक पुल कार्यक्रम (एलआरबिपी)को प्राविधिक सहयोगमा निर्माण सुरु गरिएको पुल दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले २०७६ साल असार ११ गते शिलान्यास गर्नुभएको थियो ।

    सम्बन्धित समाचार