Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    वैदेसिक रोजगार

    वैदेसिक रोजगारमा संलग्न व्यक्तीका परिवार वित्तीय साक्षरता कक्षामा

    वैदेसिक रोजगारमा संलग्न व्यक्तीका परिवार वित्तीय साक्षरता कक्षामा


    • शुक्रवार, माघ ९ २०७७

    • नेपाल वाइड


    वैदेसिक रोजगारमा संलग्न व्यक्तीका परिवार वित्तीय साक्षरता कक्षामा
    वित्तीय साक्षरता कक्षामा सहभागीहरु

    खोटाङ । माघ ९, खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका वैदेसिक रोजगारमा संलग्न व्यक्तीका परिवारलाई वित्तीय व्यवस्थापन सम्वन्धी सीप सिकाइएको छ । वैदेसिक रोजगारीबाट गाउँमा भित्रिने रेमीट्यान्सलाई उपलव्धीमुलक बनाउनका लागि बैदेसिक रोजगारमा संलग्न व्यक्तीका परिवारलाई वित्तिय साक्षरता कक्षामा सहभागी गराइएको हो ।

    हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालको प्राविधिक सहयोग एबं केपिलासगढी गाउँपालिकाको नेतृत्वमा बाल सेवा समाजले आयोजना गरेको २४ हप्ताको वित्तीय साक्षरता कक्षामा बाक्सिलाका कम्तीमा ८० जना महिलाको सहभागीता रहेको सुरक्षित आप्रवासन परियोजना (सामी)का कार्यक्रम संयोजक ओजोनबाबु आचार्यले बताए ।

    वैदेसिक रोजगारीबाट भित्रिने विप्रेषणलाई बचत गर्दै उत्पादनमुलक क्षेत्रमा खर्च गरेर आम्दानीको दिगो श्रोतकारुपमा सदुपयोग गर्ने क्षमता अभिबृद्धिका लागि गाउँपालिकाले वित्तीय साक्षरता कक्षा सञ्चालन गरेको हो । वित्तीय साक्षरता कक्षा बिहिबार समापन गरिएको छ ।

    विदेशबाट भित्रिने विप्रेषणको आम्दानी र खर्चको हिसाब किताव राख्ने, बचत गर्ने तथा उपलब्धीमुलक क्षेत्रमा लगानी गर्ने उपाय लगायतका विषयमा सर्वसाधारणको व्यवहार परिवर्तनका लागि वित्तीय साक्षरता कक्षा फलदायी हुने अपेक्षा गरिएको छ ।

    रेमीट्यान्सलाई सुरक्षित तरिकाले बुझ्ने र त्यसको उचित ठाउँमा उचित तरिकाले लगानी गर्ने क्षमताको अभावमा बैदेसिक रोजगारीबाट आएको कतिपय रकम अनुत्पादक बनिरहेको अवस्थामा वित्तीय साक्षरता कक्षाको आयोजना गरिएको सामीले जनाएको छ ।

    वित्तीय साक्षरता कक्षामा सहभागी महिलालाई बचत तथा उद्यमशिलता, विमाको महत्व, विमा गर्ने विधि, सहकारी सञ्चालन सम्बन्धी विधि लगायतका बारेमा जानकारी दिइएको सुरक्षित आप्रवासन परियोजना (सामी)का मनोसामाजिक परामर्शकर्ता सृजना निरौलाले बताईन् ।

    बाक्सिलाका महिलालाई वित्तीय साक्षरता कक्षा सँगै कृषि तथा पशुपालन व्यवसाय सम्बन्धी अभिमुखीकरण गराइएको छ । वित्तीय साक्षरता कक्षा समापनको अवशरमा उनीहरुलाई व्यवसायीक बन्ने उपायका बारेमा जानकारी दिनका लागि गाउँपालिकाले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो ।

    अभिमुखीकरणका क्रममा साझेदारी फर्म बनाउने, सहकारी प्रणालीमार्फत व्यवसायमुलक बनाउने, बैदेशिक रोजगारबाट फर्केका युवालाई गाउँपालिकाले प्रदान गर्ने आवश्यक सिप तथा तालिमल गायतका विषयमा जानकारी दिइएको गाउँपालिकाका प्रशासन शाखा प्रमुख युनिक साम्पाङले बताए ।

    जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, केपीलासगढी गाउँपालिका र खोटेहाङ गाउँपालिकामा सुरक्षित आप्रवासन परियोजना सञ्चालन भइरहेको छ ।

    सम्बन्धित समाचार