Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कोरोना महामारी

    कोभिडका कारण रोजगारी गुमाएका नागरिकलाई ६० किसिमका तालिम !

    कोभिडका कारण रोजगारी गुमाएका नागरिकलाई ६० किसिमका तालिम !

    स्वरोजगार बनाउने लक्ष्यका साथ ६० किसिमका सीपमुलक तालिम दिने तयारी

    • शुक्रवार, माघ ९ २०७७

    • नेपाल वाइड


    कोभिडका कारण रोजगारी गुमाएका नागरिकलाई ६० किसिमका तालिम !
    स्थानीय तहलाई गरेको पत्राचार

    खोटाङ । माघ ९, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रले कोभिड–१९ का कारण वैदेसिक रोजगारी गुमाएर नेपाल फर्केका वा मुलुकमै बेरोजगार भइरहेका नागरिकलाई ६० किसिमका सीपमुलक तालिम दिने तयारी गरेको छ । लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रले कोभिड–१९ को अशरका कारण रोजगार गुमाएका नागरिकलाई सीपमुलक तालिम दिएर उद्यम सञ्चालन गर्दै स्वरोजगार बनाउने लक्ष्यका साथ ६० किसिमका सीपमुलक तालिम दिने तयारी गरेको हो ।

    सूचना सम्प्रेषणका लागि लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रले पठाएको पत्रको आधारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम)ले उद्यम तथा व्यवसाय सञ्चालन गर्न इच्छुक व्यक्तीलाई आवेदन दिने व्यवस्थाका लागि माघ ८ गते सबै स्थानीय तहलाई पत्राचार गरेको छ । लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रले रोजगार सेवा केन्द्रमार्फत सूचना सम्प्रेषणमा सहजीकरणका लागि माघ ५ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्र पठाएको थियो ।

    कोभिड–१९ का कारण रोजगार गुमाएका नागरिकलाई फरक–फरक अवधिको हाउस वायरिङ, उद्यमशीलता विकास, खाद्य प्रशोधन, बेसिक प्याट्रन सिलाई, फेसन डिजाईन, क्रिष्टल सामग्री उत्पादन, मखमल, ढाका, जुत्ता, चप्पल उत्पादन, हाते कागज र फेल्ट उत्पादन, बेकरी एडभान्स, व्यूटिसियन, डल बनाउने, प्लम्बिङ, मोवाईल मर्मत, मोटरसाईकल मर्मत, अटो मेकानिक, कम्प्यूटर मर्मत, आलु र केरा चिप्स, बेत बाँसको सामग्री, डल्लो साबुन, स्यानिटरी प्याड, दालमोठ, टिभी मर्मत, अटोमोवाइल वायरिङ लगायतका तालिम दिने तयारी गरेको लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रले जनाएको छ ।

    वार्षिक कार्यक्रम अनुसार सञ्चालन हुने ६० वटा सीपमुलक, सीप अभिवृद्धि एबं उद्यमशीलता विकास तालिम लिएर उद्यम व्यवसाय गर्न इच्छुक व्यक्तीलाई २१ दिनभित्र आवेदन दिन लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रले पुस १९ गते सूचना जारी गरेको थियो । लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रको सीपमुलक तालिममा सहभागीताका लागि माघ १३ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ ।

    सीपमुलक तालिम लिन ईच्छुक नागरिकलाई लक्ष्यीत गर्दै खोटाङका स्थानीय तहले पनि सूचना पार्टी वा वेवसाईटमार्फत सूचना प्रकाशित गरेका छन् । सीप अभिवृद्धि तालिममा सहभागी हुन चाहने प्रशिक्षार्थीले तालिम लिएको कागजात वा कुनै पेशा, व्यवसाय, रोजगार वा स्वरोजगारमा आवद्ध भए त्यस्तो पेशा वा व्यवसाय स्तरोन्नती गर्ने योजना पेश गर्नु पर्ने सूचनामा उल्लेख छ ।

    गरिव, विपन्न, दलित, जनजाति, आदिवासी, महिला, सिमान्तकृत पिछडिएका अल्पसंख्यक व्यक्ति, अपांग, शहिद परिवार, द्धन्द्ध पिडित लगायतलाई सीपमुलक तालिममा प्राथमिकता दिइने लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रले जनाएको छ ।

    सम्बन्धित समाचार