Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको मंगलटारमा विष्फोट

    बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको मंगलटारमा विष्फोट


    • शनिवार, माघ १० २०७७

    • नेपाल वाइड


    बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको मंगलटारमा विष्फोट

    काठमाडौँ । बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको मंगलटारमा विष्फोट भएको छ । शुक्रबार राति मंगलटारमा विष्फोटको ठूलो आवाज आए पनि के पड्किएको हो भन्ने ठम्याउन नसकिएको प्रहरीले जनाएको छ । बम विस्फोट भएको आशंकापछि बीपी राजमार्गमा सवारी रोकेर अनुसन्धान गरिरहेको बागमती प्रदेश प्रमुख डीआईजी वसन्त लामाले बताए ।

    यस्तै काभ्रेपलाञ्चोकको बनेपास्थित बुडोलमा राखिएको प्रेसर कुकर बम भने नेपाली सेनाले डिस्पोज गरेको छ । सेनाले बम डिस्पोज गरेसँगै शनिबार बिहान ३ बजेदेखि अवरूद्ध अरनिको राजमार्ग भने सञ्चालनमा आएको काभ्रे प्रहरीले जनाएको छ ।

    आफ्ना केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई पक्राउ गरेको विरोधमा ‘विप्लव’ समूहले आज नेपाल बन्द पनि आह्वान गरेकाले उसैले बम राखेको हुन सक्ने प्रहरीको आकलन छ । कञ्चनलाई ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पुस २९ मा  पक्राउ परेका थिए ।

     

    सम्बन्धित समाचार