Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    दुखद खबर ।

    खोटाङमा भीरबाट लडेर वडासदस्यको मृत्यु

    खोटाङमा भीरबाट लडेर वडासदस्यको मृत्यु

    गाउँपालिका उपाध्यक्षलाई पितृशोक

    • आइतवार, माघ ११ २०७७

    • नेपाल वाइड


    खोटाङमा भीरबाट लडेर वडासदस्यको मृत्यु
    मृतक वडासदस्य रत्नप्रसाद फुयाँल

    खोटाङ । माघ ११, खोटाङको साकेला गाउँपालिका–२ रतन्छा मबुका वडासदस्य रत्नप्रसाद फुयाँलको भीरबाट लडेर मृत्यु भएको छ । शनिबार रतन्छाबाट मबु जानेक्रममा स्थानीय वाकुर्तुम जंगलमा रहेका भीरबाट लडेर वडासदस्य फुयाँलको मृत्यु भएको हो । करिब तीन सय मिटर तल खसेका फुयाँलको घट्नास्थलमै मृत्यु भएको रतन्छाका वडाध्यक्ष उन्नत राईले बताउनुभयो । फुयाँल २०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालिन माओबादी केन्द्रकातर्फबाट वडा सदस्यमा विजयी भएका थिए ।

    गाउँपालिका उपाध्यक्षलाई पितृशोक

    यस्तै, ऐसेलुखर्क गाउँपालिकाका उपाध्यक्ष पुष्पकला भुजेललाई पितृशोक परेको छ । उपाध्यक्ष भुजेलको ८८ वर्षीय बुवा भक्तबहादुर भुजेलको शनिबार निधन भएको हो । ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क दिम्मापातेलका भक्तबहादुरको काठ्माण्डौंबाट घर लैजानेक्रममा बाटैमा मृत्यु भएको हो ।

     

    सम्बन्धित समाचार