Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सवा लाख दीप प्रज्ज्वलन गर्दै प्रधानमन्त्री ओलीले गरे पशुपतिमा विशेष पूजा

    सवा लाख दीप प्रज्ज्वलन गर्दै प्रधानमन्त्री ओलीले गरे पशुपतिमा विशेष पूजा


    • सोमवार, माघ १२ २०७७

    • नेपाल वाइड


    सवा लाख दीप प्रज्ज्वलन गर्दै प्रधानमन्त्री ओलीले गरे पशुपतिमा विशेष पूजा

    काठमाण्डौ । माघ १२, प्रधानमन्त्री केपी शर्मा ओलीले आज पशुपतिनाथ मन्दिरमा विश्व शान्ति एवं राष्ट्र कल्याणको सङ्कल्पले विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन गरेका छन् । पत्नी राधिका शाक्यसहित बिहान आठ बजे पशुपतिनाथ मन्दिर पुगेका प्रधानमन्त्री ओलीले पशुपति परिक्रमा विधिअनुसार मन्दिर घुमेर विशेष पूजा गर्नुभएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए ।

    उक्त अवसरमा प्रधानमन्त्रीले पशुपति क्षेत्रका गतिविधिका बारेमा पनि जानकारी लिएका थिए । पशुपति क्षेत्रलाई विश्वको वैदिक सनातन धर्मावलम्बीको पवित्र स्थलका रूपमा विकास गर्न प्रधानमन्त्रीले कोषका पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।

    उक्त अवसरमा संस्कृतिमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई तथा काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजाल पनि सहभागी थिए ।

    पशुपति क्षेत्रमा प्रधानमन्त्री ओलीलाई कोषका सदस्य सचिव ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापा र कोष सञ्चालक परिषद्का सदस्यलगायत कर्मचारीले स्वागत गरेका थिए। विशेषपूजापछि पशुपतिका मूल भट्ट रावल गणेश भट्टले प्रसाद दिएका थिए । चारैजना भट्ट विशेष पूजामा सहभागी भएका थिए ।

    सम्बन्धित समाचार