सोमवार, माघ १२ २०७७
नेपाल वाइड
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा चक्लाबन्दी मकै खेती कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ । न्यूनतम २ सय रोपनी क्षेत्रफलमा मकै खेती गर्नेगरी नगरपालिका र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई मकै जोन खोटाङको लागत साझेदारीमा चक्लाबन्दी मकै खेती कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको हो ।
चालु आर्थिक वर्षबाटै चक्लाबन्दी मकै खेतीका लागि नगरपालिकाले कृषक, कृषि सहकारी, कृषक समुह र कृषि फर्मलाई कृषि शाखामा आवेदन दिन माग गरेको छ । किसानबाट प्राप्त निवेदनका आधारमा कृषि प्राविधिकमार्फत सर्भे गर्ने सम्भाव्यता अध्ययन गर्ने चक्लाबन्दी मकै खेतीका लागि स्थान निश्चित गरिने हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो ।
चक्लाबन्दी मकै खेती अन्तरगत किसानलाई बीउ, मल, उपकरण, प्राविधिक, अनुदान लगायतका आवश्यकीय सहयोग उपलव्ध गराइने नगरपालिकाले जनाएको छ । यस्तै, बारीका गाह्रो सम्याउने र सम्भव भएका ठाउँमा सिँचाईका लागि सहयोग गरिने छन् ।