Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    किरातीको पुर्खा रैछाकुले

    तुवाचुङमा स्थापित रैछाकुलकोे प्रतिमा तोडफोड भएकै हो ?

    तुवाचुङमा स्थापित रैछाकुलकोे प्रतिमा तोडफोड भएकै हो ?

    नगरपालिका, किरात राई यायोक्खा, तुवाचुङ–जायाजुम संरक्षण समिति लगायत सरोकारवालाको ध्यानाकर्षण

    • बुधवार, माघ १४ २०७७

    • नेपाल वाइड


    तुवाचुङमा स्थापित रैछाकुलकोे प्रतिमा तोडफोड भएकै हो ?
    रैछाकुलेको प्रतिमा स्तम्भको मेयर इवन राई र ईलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरिक्षक दिनेश खरेललगायत स्थलगत निरिक्षण गर्दै

    खोटाङ । माघ १४, खोटाङको ऐतिहासिक तथा पर्यटकीयस्थल तुवाचुङ–जायाजुमडाँडामा राखिएको किरातीको पुर्खा रैछाकुलेको प्रतिमाको स्तम्भको बाहिरी भाग उक्किएको विषयमा सरोकारवालाको ध्यानाकर्षण भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको तुवाचुङ–जायाजुममा राखिएको किराती पुर्खा रैछाकुलेको प्रतिमाको स्तम्भ फुटेको विषयमा नगरपालिका, किरात राई यायोक्खा, तुवाचुङ–जायाजुम संरक्षण समिति लगायतले चासो देखाएको हो ।

    tayachung photo 2.jpg

    रैछाकेलेको प्रतिमा निरिक्षण गर्दै मेयर ईवन राई र प्रहरीको टोली

    किरात समुदायको उद्गम थलो एवं आस्थाको केन्द्र मान्ने गरिएको तुवाचुङ–जायाजुममा राखिएको रैछाकुलेको प्रतिमाको पिलर तोडफोड गरिएको भन्दै हंगामा फैलिएपछि बुधबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईको नेतृत्वमा तुवाचुङ–जायाजुम संरक्षण समितिका अध्यक्ष राकेश राई, महासचिव दिनेश राई, ईलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरिक्षक दिनेश खरेल, पत्रकार लगायतको टोलीले स्थलगत निरिक्षण गरेको छ ।

    स्थलगत निरिक्षणका क्रममा रैछाकुलेको प्रतिमा राख्नका लागि उठाइएको स्तम्भको दक्षिणतर्फको एक भागको प्लाष्टर उक्किएको देखिएको छ । प्लाष्टर उक्किएको भागमा कुनै वस्तुले हिर्काएजस्तो चिन्ह नदेखिएको, स्तम्भको विभिन्न भागको प्लाष्टर पनि चर्किएको र कतिपय ठाउँका प्लाष्टर खोक्रो भएजस्तो आवाज निस्कने गरेको पाइएको निरिक्षणमा संलग्न अधिकारीको भनाई छ ।

    यद्यपी, स्तम्भको सिमेन्ट प्लाष्टर यती सहजै आफै उक्किएर झरे त ? भन्ने प्रश्नको जवाफ पनि उत्तिकै असहज देखिएको छ । यही कारण प्रतिमाको स्तम्भको एक कुनाको प्लाष्टर उक्किएको विषयमा फरक–फरक अनुमान भइरहेका छन् । तर निरिक्षणकाक्रममा तुवाचुङ–जायाजुमकै तायामाको तान बुन्ने ढुंगामा राखिएको ‘तायामा र खियामा भलाकुसारी गर्ने ठाउँ’ र ‘रैछाकुले’ लेखिएको बोर्ड भने केही पर फालिएको अवस्थामा भेटिएको छ ।

    बोर्ड राख्न प्रयोग गरिएको बाँस मक्किएका कारण सो ‘बोर्ड आफै ढलेको वा कसैले उखालेर केही पर मिल्काइदिएको’ भन्ने विषयमा पनि फरक–फरक मत आइरहेका छन् । तुवाचुङ–जायाजुम संरक्षण समितिका अध्यक्ष राई र महासचिव राईले भने रैछाकुलेको प्रतिमा तोडफोड गरिएको र बोर्डलाई उखालेर फालिदिएको बताएका छन् ।

    nirikchan photo 3.jpg

    स्थलगत निरिक्षण गर्दै सरोकारवाला निकाय

    महासचिव राईले मंगबार नै प्रतिमाको स्तम्भ तोडफोड भएको भन्दै सामाजिक सञ्जालमै तस्बिर राखेर राखेका थिए । महासचिव राईकै स्टाटसका आधारमा रैछाकुलेको स्तम्भ तोडफोड भएको भन्दै राई समुदायले सामाजिक सञ्जालमार्फत चौतर्फी विरोध जनाइरहेका छन् । घट्ना प्रकृति हेर्दा कुनै पनि व्यक्ती वा समुहले नियतवस तोडफोड गरेजस्तो नदेखिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर राईले बताए ।

    ‘छानविना समिति गठन भइसकेको छ । छानविनबाट यतार्थ कुरा बाहिर आउने नै छ । यसका लागि नगरपालिकाको तर्फबाट सबै खाले सहयोग हुने छ । तुवाचुङ–जायाजुम हाम्रो ऐतिहासिक र पुरातात्विक सम्पदा भएकाले यसको संरक्षण संवद्र्धन गर्नु हामी सबैको कर्तव्य हो । यदि कुनै व्यक्ती वा समुहले धार्मिक एबं जातीय सद्भाव विथोल्ने दुराशयले यो कार्य भएको हो भने निन्दनीय कार्य हो ।

    Raichakule Pratima photo.jpg

    तोडफोड गरिएको भनिएको रैछाकेलेको प्रतिमाको स्तम्भको संरचना

    हलेसी तुवाचुङ नगरपालिका तीन धर्मको संगमस्थल (त्रि–धार्मिक तपोभूमी) भएको हुनाले यहाँको धार्मिक सहिष्णुतामा खलल पुग्ने कुनै पनि गतिविधि हाम्रा लागि सह्य हुँदैन,’ मेयर राईले भने, ‘तुवाचुङको धार्मिक, साँस्कृतिक एबं ऐतिहासिक पक्षको संरक्षण गर्दै दिर्घकालिन सोचका साथ विकास गर्ने उद्धेश्यले नगरपालिकाले विषयगत विज्ञसँग स्थलगत अध्ययन, छलफल तथा परामर्श गरी गुरुयोजनाको अवधारणापत्र नै तयार गरिसकेको छ ।’

    यायोक्खाले गरे छानविन समिति गठन

    रैछाकुलेको प्रतिमाको पिलरको सानो भाग ‘आफै उक्किएर झरे वा तोडफोड गरिए’ भन्ने विषयमा दुई थरी दावी भइरहेको अवस्थामा किरात राई यायोक्खाको केन्द्रिय समितिले बुधबार केन्द्रिय सदस्य युवराज राईको संयोजकत्वमा ७ सदस्यीय छानविन समिति गठन गरेको छ । समितिलाई १५ दिनभित्र यतार्थ प्रतिवेदन सार्वजनिक गर्न समय दिइएको यायोक्खाका महासचिव जनक राईले बताए ।

    देशरविदेशमा बसोबास गरिरहेका किरात र गैर–किरातको आर्थिक सहयोगमा संकलन भएको ५५ लाखको लागतमा तुवाचुङ–जायाजुममा २०७४ साल मंसिर २ गते किरातीको पुर्खा रैछाकुले, तायामा र खियामाको पूर्णकदको प्रतिमा राखिएको हो ।

    सम्बन्धित समाचार