Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    शिक्षा

    नवौं वर्षमा हलेसी क्याम्पस

    नवौं वर्षमा हलेसी क्याम्पस


    • शुक्रवार, माघ १६ २०७७

    • नेपाल वाइड


    नवौं वर्षमा हलेसी क्याम्पस
    हलेसी क्याम्पसको बार्षिकोत्सवमा सहभागी अतिथि लगायत 

    खोटाङ । माघ १६, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी क्याम्पसको नवौं बार्षिकोत्सव सम्पन्न भएको छ । २०६९ साल माघ १५ गते त्रिभुवन बिश्वविद्यालयबाट सम्वन्धन प्राप्त क्याम्पसको बिहिबार विभिन्न कार्यक्रम गर्दै बार्षिकोत्सव मनाइएको हो ।कार्यक्रममा क्याम्पस प्रमुख चक्रबहादुर राईले क्याम्पसको शैक्षिक गतिविधि प्रस्तुत गरेका थिए ।

    धार्मिक तथा पर्यटकीयस्थल हलेसी नजिकै रहेको क्याम्पसमा हाल शिक्षाशास्त्र संकाय स्नातक तहमा ६७ जना छात्र/छात्रा अध्ययनरत छन् । बार्षिकोत्सवको अवशरमा हलेसी क्याम्पसका चार जना जेहेन्दार छात्र/छात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ । ‘स्वर्गीय भागिसरा राई स्मृति छात्रवृत्ति अक्षयकोष’बाट चार जना जेहेन्दार छात्र/छात्रालाई जनही २ हजार ५ सयका दरले छात्रवृत्ति प्रदान गरिएको हो ।

    छात्रवृत्ति रकम स्वर्गीय भागिसराका पति अर्जुनबहादुर राईले हस्तान्तरण गरेका थिए । गरीब तथा जेहेन्दार विद्यार्थीको हौसलाका लागि सोही क्याम्पसका शिक्षण सहायक नवीन चाम्लिङले स्वर्गीय आमाको सम्झनामा २०७० सालमा अक्षयकोष स्थापना गरेका हुन् । विद्यार्थीको नियमितता, जेहेन्दार, अघिल्लो तह र वर्षको प्राप्तांकलाई आधार मानेर छात्रबृत्ति प्रदान गरिएको क्याम्पसले जनाएको छ ।

    क्याम्पस सञ्चालक समितिका अध्यक्ष शुक्रबहादुर बिश्वकर्माको सभापतित्व एवं क्याम्पस स्थापनाकाक्रममा सवैभन्दा बढि १६ लाख आर्थिक सहयोग गर्ने बौद्ध गुरु टुकु पेमा वाङ्गेल रिम्पोछेका प्रतिनिधि ङ्वाङ ल्याप्सुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हलेसी क्याम्पसले दुरदराजका निम्न आर्थिक अवस्थाका विद्यार्थीलाई गाउँलै अध्ययन गर्ने अवसर मिलेको चर्चा गरिएको छ ।

    बिशेष अतिथिकारुपमा क्याम्पस सञ्चालक समितिका संस्थापक अध्यक्ष तथा चन्दादाता हरि गिरीले स्थानीय सरकारले क्याम्पसको बिकासका निम्ति कुनै पहल नगरेको गुनासो गरेका छन् । ‘यहाँको भूगोल, जनसंख्या, श्रोत साधन, क्याम्पस आदि बिषयलाई आधार मानेर नगरपालिका घोषणा गरियो,’ गिरीले भने, ‘क्याम्पस भएकै आधारमा नगरपालिका भयो तर तिनै क्याम्पसको समग्र बिकासमा नगरपालिकाले उदासिनता देखाएको छ ।’ महादेवस्थानका वडाध्यक्ष चइन्द्र राईले क्याम्पसको पुर्वाधार बिकासका निम्ति सम्बन्धित निकायमा सकेको पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

    क्याम्पसका निम्ति स्थानीय युवा व्यावसायी भुपेन्द्र राई, उनकै बुवा मानबहादुर राई र आमा मनशोभा राईले हलेसी माल्खुमा १ रोपनी जग्गा निःशुल्क र साँढे १३ रोपनी जग्गा सशुल्क उपलव्ध गराएका थिए । सो जग्गामा तत्कालिन संविधानसभा सदस्य पिके राईको संसदीय कोषको २ लाख ८६ हजार, पुराण लगायतबाट उठेको रकमले ४ कोठे एक तले पक्की भवन निर्माण गरिसकिएको छ ।

     

     

    सम्बन्धित समाचार