Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    तास खेलिरहेको अवस्थामा सात जना पक्राउ

    तास खेलिरहेको अवस्थामा सात जना पक्राउ


    • शनिवार, माघ १७ २०७७

    • नेपाल वाइड


    तास खेलिरहेको अवस्थामा सात जना पक्राउ
    प्रतिकात्मक तस्बिर

    ललितपुर । ललितपुर महानगरपालिका–२६ सिमाखुस्थित एक टहरामा तास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । खोटाङ मजुवागढीकी ४० वर्षीया शर्मिला राईको टहरामा तास खेलिरहेको अवस्थामा राईलगायत ६ जना पक्राउ परेका हुन् ।

    बिहीबार साँझ महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूबाट नगद ४२ हजार ८ सय ७० रुपैयाँ र १ बुक तास सहित फेला परेको प्रहरीले बताएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार