Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    विदेश

    क्युवामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा पाँच यात्रीको मृत्यु

    क्युवामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा पाँच यात्रीको मृत्यु


    • शनिवार, माघ १७ २०७७

    • नेपाल वाइड


    क्युवामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा पाँच यात्रीको मृत्यु
    तस्बिर रासस/एएफपी

    हवाना । क्युवामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार चालकदलका सदस्यसहित सबै पाँच यात्रीको मृत्यु भएको रक्षा मामिला मन्त्रालयले शनिबार पुष्टि गरेको छ । स्थानीय समय अनुसार शुक्रबार होलग्वीन प्रान्तबाट ग्वान्टानामोतर्फ गएको हेलिकोप्टर उडेको केही समयमा नै दुर्घटनाग्रस्त भएको हो ।

    हेलिकोप्टर उडेको केही मिनेटमा क्युवाको एक पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको र विमानमा रहेका सबै पाँचजनाको मृत्यु भएको राज्य सञ्चालित समाचार संस्थाले रक्षा मन्त्रालयलाई उद्धृत गरी जानकारी गराएको छ । मन्त्रालयले दुर्घटनाबारे छानबिन गर्न आयोग गठन गरेको बताएको छ भने मृत्यु भएका व्यक्तिको परिचयलगायत अन्य जानकारी गराएको छैन ।

    क्युवामा यसपहिले सन् २०१८ मेमा भएको क्युवाली ध्वजावहाक विमान दुर्घटनामा ११२ यात्रीको मृत्यु भएको थियो भने एकजनालाई जीवितै उद्धार गरिएको थियो । त्यसपहिले सन् २०१७ मा क्युवाली सैन्य हेलिकोप्टर दुर्घटनामा आठ सैनिकको मृत्यु भएको थियो । रासस/एएफपी

    सम्बन्धित समाचार