Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    काठमाडौंमा बर्डफ्लु भेटियो

    काठमाडौंमा बर्डफ्लु भेटियो


    • शनिवार, माघ १७ २०७७

    • नेपाल वाइड


    काठमाडौंमा बर्डफ्लु भेटियो
    फायल तस्बिर

    काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–७ स्थित साङ्लेखाला, फुटुङका स्थानीय किसानले पालेका टर्की हाँसमा बर्डफ्लु पुष्टि भएको छ । बर्डफ्लु पुष्टि भएपछि १८६५ हाँस, ६२२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, ५४२ अन्डा र ७५ केजी दाना नष्ट गरिएको तारकेश्वर नगरपालिकाका पशु शाखा प्रमुख धनिपत रायले बताए ।

    बर्डफ्लु पुष्टि भएसँगै आज नेपाल सरकार स्वास्थ्य सेवा विभाग, पशु सेवा विभागको टोली, तारकेश्वर नगरपालिका स्वास्थ्य शाखाको संयुक्त टोलीका साथै नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा उक्त फार्मलाई ‘सिल’ गरिएको छ ।

    अन्य पोल्ट्रीफार्मका कुखुरामा पनि बर्डफ्लुको लक्षण देखिन थालेकाले परीक्षणका लागि पठाइसकिएको बताइएको छ । बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्काेन’ छर्ने काम भइरहेको प्रमुख रायले जानकारी दिए । रासस

    सम्बन्धित समाचार