Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    सडक

    सडक कालोपत्रेमा भइरहेको ढिलासुस्तीका विषयमा स्थानीय सरकारले देखायो चासो

    सडक कालोपत्रेमा भइरहेको ढिलासुस्तीका विषयमा स्थानीय सरकारले देखायो चासो

    ठेकेदारको ढिलासुस्तीका कारण अझै पनि हिउँदमा बुङबुङ धुलो र वर्षामा हिलाम्मे

    • आइतवार, माघ १८ २०७७

    • नेपाल वाइड


    सडक कालोपत्रेमा भइरहेको ढिलासुस्तीका विषयमा स्थानीय सरकारले देखायो चासो
    निर्माण कम्पनीका प्रतिनिधिलाई निर्देशन दिँदै दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राई

    खोटाङ । माघ १८, खोटाङको महुरे–फोक्सिङटार सडक कालोपत्रेको काममा भइरहेको ढिलासुस्तीका विषयमा स्थानीय सरकारले चासो देखाएको छ । फोक्सिङटार–राजापानी सिमपानी भञ्ज्याङ (२७ किलोमिटर) खण्डको कालोपत्रेको काममा भइरहेको चरम ढिलासुस्तीका विषयमा दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले चासो देखाएका हुन् ।

    गाईघाट–दिक्तेल सडक अन्तरगत महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडकको टुवा खोलादेखि रेग्मीटारसम्मको खण्ड दिप्रुङ चुईचुम्मा गाउँपालिकाभित्र पर्ने भएकाले ढिलासुस्तीका विषयमा आवाज उठाएको गाउँपालिका अध्यक्ष राईले बताए । फोक्सिङटार–राजापानी सिमपानी भञ्ज्याङ कालोपत्रेको काम देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले गरिरहेको छ ।

    order to mahure-phoksingtar road photo_khotang photo_daman.jpg

    फोक्सिङटार–सिमपानी सडक खण्डमा काम गर्दै कामदार 

    हालसम्म सो खण्डको करिब ६० प्रतिशतको हाराहारीमा भौतिक प्रगती भएको छ । देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले ५५ करोड ८७ लाखमा २०७७ साल साउन १० गतेभित्र कालोपत्रे पूरा गर्ने शर्तमा २०७३ साल साउन ११ गते कालोपत्रेको सम्झौता गरेको थियो । काममा चरम ढिलासुस्ती भएको भन्दै गाउँपालिका अध्यक्ष राईले निर्माण कम्पनीका प्रतिनिधि कमल सुव्वा, विजय चाम्लिङ लगायतलाई शनिबार फिल्डमै भेटेर कालोपत्रेको काम चाँडो पुरा गर्न निर्देशन दिएका छन् ।

    ‘हाम्रो गाउँपालिकाभरीको सडकको विषयमा चासो राख्नु हाम्रो दायित्व हो । कालोपत्रेको काममा भइरहेको ढिलासुस्ती अव सह्य छैन,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘१५ दिनभित्र हाम्रो गाउँपालिकाभित्रको सडकमा थुप्रिएको पहिरो क्लियर गरिसक्नु भनेको छु । बाटो क्लियर गर्ने काम सुरु गरि नै सकेको छ ।’ ढिलासुस्तीका विषयमा गाउँपालिका अध्यक्ष राईले फिल्डमै पुगेर चासो देखाएपछि निर्माण कम्पनीका प्रतिनिधिले केही समयपछि जिरोप्वइन्ट (फोक्सिङटार)बाट पिचको काम सुरु गर्ने बताएका छन् ।

    यस्तै, महुरे–फोक्सिङटार सडक खण्ड अन्तरगत महुरेदेखि राजापानीको सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रेको काम भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले गरिरहेको छ । भारत कन्ट्रक्सन/सिद्धी शाहीले २०७७ साल असार २९ गते सम्पन्न गर्ने शर्तमा २०७३ साल असार ३० गते महुरे–राजापानीको सिमपानी सडक कालोपत्रे योजनाको सम्झौता गरेको थियो । हाल कालोपत्रे भइसक्नुपर्ने सडकमा ठेकेदारको ढिलासुस्तीका कारण अझै पनि हिउँदमा बुङबुङ धुलो र वर्षामा हिलाम्मे हुने गरेको छ ।

    सम्बन्धित समाचार