Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    किरात राई यायोक्खा

    खोटाङको केपिलासगढीमा यायोक्खाको पालिका स्तरीय कमिटि

    खोटाङको केपिलासगढीमा यायोक्खाको पालिका स्तरीय कमिटि

    अदित राईको अध्यक्षतामा १५ सदस्यीय किरात राई कर्मचारी मञ्च

    • सोमवार, माघ १९ २०७७

    • नेपाल वाइड


    खोटाङको केपिलासगढीमा यायोक्खाको पालिका स्तरीय कमिटि
    मन्दिप राईको अध्यक्षता गठित किरात राई यायोक्खा गाउँपालिका कमिटि तस्बिर :युनिक साम्पाङ

    खोटाङ । माघ १८, खोटाङको केपिलासगढी गाउँपालिकामा किरात राई यायोक्खाको पालिका स्तरीय गाउँ कमिटि गठन गरिएको छ । गाउँपालिका भरीका किरात राईहरुको शनिबार भएको भेलाले मन्दिप राईको अध्यक्षतामा २१ सदस्यीय किरात राई यायोक्खा गाउँपालिका कमिटि गठन गरेको हो । यायोक्खाको पालिका स्तरीय कमिटिको उपाध्यक्षमा ललितचन्द्र राई, सचिवमा लवकुमार राई, सह–सचिव देउमान राई र कोषाध्यक्ष सरिता राई चयन भएका छन् ।

    यस्तै, पुष्पराज राई, इन्द्रकला राई, धनकुमार राई, ममता कोयी, शरण नाछिरिङ, हस्तराम राई, सोनित राई, भुपिन्द्र कोयी, पाँचकुमार राई, मिलनकुमार राई, दिनेश राई, महाशेर राई, रासबहादुर राई, राजन राई, आशिष राई र सावित्रा राईलाई यायोक्खाको सदस्यमा चयन गरिएको छ । सोही भेलामा अदित राईको अध्यक्षतामा १५ सदस्यीय किरात राई कर्मचारी मञ्च गठन गरिएको छ । मञ्चको उपाध्यक्षमा उत्सव राई, सचिव टंकबहादुर राई, सह–सचिव दिवस राई र कोषाध्यक्षमा आश्मिका राईलाई चयन गरिएको छ ।

    Karmachari Mancha.JPG

    अदित राईको अध्यक्षतामा गठित किरात राई कर्मचारी मञ्च तस्बिर :युनिक साम्पाङ

    सदस्यमा ध्रुवराज राई, सञ्जय राई, विजय राई, दिवसकुमार राई, खविराज राई, विकास राई, प्रकाश राई, नमिता राई, शिवकुमार राई, हरिकुमार राई, मनिकुमार राई र दिनेश राई चयन भएका छन् । आगामी जनगणनामा किरात राईको वास्तविक तथ्य, तथ्याङ्क संकलनका लागि सचेतना जगाउन अभियानको रुपमा लाग्नु पर्ने र मौलिक संस्कृतिको संरक्षणमा आफै जुट्नु पर्ने भेलाले निष्कर्ष निकालेको छ ।

    केपिलासगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल राईको अध्यक्षतामा भएको भेलामा गाउँपालिका अध्यक्ष कृष्णकुमार राई, पाटन क्याम्पसका पूर्व प्राध्यापक एवं किरात राई यायोक्खाका पुर्व केन्द्रिय अध्यक्ष चतुरभक्त राई, किरात राई यायोक्खा खोटाङका अध्यक्ष हात्तिराम राई, जिल्ला निर्वाचन अधिकारी एवं किरात राई कर्मचारी मञ्च खोटाङका अध्यक्ष कोपिला राई, कर्मचारी मञ्चका सचिव युनिक साम्पाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका लेखाधिकृत एवं किरात राई कर्मचारी मञ्चका जिल्ला सदस्य राजकुमार राई, केपिलासगढी गाउँपालिका उद्योग वाणिज्य संघका अध्यक्ष शिवकुमार राई लगायतको उपस्थिति रहेको थियो ।

    Krishna rai.jpg

    नयाँ कार्यसमितिलाई शुभकामना दिनुहुदै गाउँपालिका अध्यक्ष कृष्णकुमार राई तस्बिर :युनिक साम्पाङ

    कार्यक्रममा प्रमुख अतिथिका रुपमा गाउँपालिका अध्यक्ष राईले जिल्लाको सुदुर उत्तरमा रहेको उभोखोला उपनामले चिनिने केपिलासगढी गाउँपालिका साम्पाङ राईको खकलुङ, दुमी राईको दङकुलु र कोयी राईको उद्गम थलो भएकाले उक्त स्थानलाई ‘मुस्लिमको मक्का मदिना’ जस्तै पवित्र भूमि बनाउन सकिने, सांस्कृतिक पर्यटन विकास गर्न सकिने सम्भावना रहेको औंल्याए । ‘किरात राई हुनका लागि घरमा चुल्हो, चिसो छपनी र रातो अचानी हुनुपर्छ भनिन्छ ।

    किरात राईहरुमा माटोको माया गर्ने मौलिक बानी हुन्छ,’ गाउँपालिका अध्यक्ष राईले भने, पालिकामा बसोबास गर्ने सबै जातीको उत्थान र विकासमा सन्तुलित कार्यक्रमहरु सञ्चालन भएका छन् । धार्मिक, सांस्कृतिक, भाषिक सद्भाव कायम रहेको छ । पालिकाको तर्फबाट सबैलाई समान सहयोग रहने छ ।’

    यस्तै, यायोक्खाका पुर्व केन्द्रिय अध्यक्ष राईले नयाँ प्रविधि र जीवनशैलीका कारण राई समुदायको मौलिक भाषा, संस्कृतिमाथि हस्तक्षेप हुन थालेकाले पुःन यसको संरक्षणमा लाग्नु पर्नेमा जोड दिए । ‘पटक–पटक जुट्ने भनेर विभिन्न समिति निर्माण हुन्छ तर बिस्तारै सेलाउँदै अन्तमा समिति थियो रे भन्नेमा पुग्ने नराम्रो बानी विकास भएको छ,’ यायोक्खाका पुर्व केन्द्रिय अध्यक्ष राईले भने, ‘अव पनि त्यस्तो परिस्थिति रहिरहे भाषिक, सांस्कृति हिसाबले ठूलो समस्या आउन सक्छ । पञ्चायत कालमा संगठन खोल्न नपाउने परिस्थितीमा बमबहादुर राईहरुले किरात राई यायोक्खाको खाका ल्याउनु भएको इतिहासलाई हामीले भुल्नु हुँदैन ।’

    किरात राई कर्मचारी मञ्चका जिल्ला सदस्य एवं किरात राई यायोक्खाका जिल्ला सदस्य साम्पाङले केपिलासगढी गाउँपालिमा स्थानीय सरकारको पहलमा हालसम्म साम्पाङ भाषाको शब्दकोष निर्माण, कोयी भाषा तथा इतिहास लेखन, विभिन्न साकेला र भूमेथानहरुको संरक्षणको कार्य भएको साथै वृहत संस्कृति अध्ययन कार्यक्रम र पहिलो चरणमा कक्षा ३ सम्म लागु हुने गरी साम्पाङ, दुमी र कोयी भाषाको स्थानीय भाषा पाठ्यक्रम निर्माण कार्य भइरहेको चर्चा गरेका थिए ।

    chaturbhakta rai.jpg

    नयाँ कार्यसमितिलाई शुभकामना दिनुहुदै किरात राई यायोक्खाका पुर्व केन्द्रिय अध्यक्ष चतुरभक्त राई तस्बिर :युनिक साम्पाङ

    सम्बन्धित समाचार