Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    अन्तर्राष्ट्रिय

    म्यानमारमा सैन्य ‘कू’, एक वर्षका लागि संकटकाल घोषणा

    म्यानमारमा सैन्य ‘कू’, एक वर्षका लागि संकटकाल घोषणा


    • सोमवार, माघ १९ २०७७

    • नेपाल वाइड


    म्यानमारमा सैन्य ‘कू’, एक वर्षका लागि संकटकाल घोषणा

    म्यानमारमा सेनाले सैन्य कू गर्दै सत्ता हातमा लिएको छ । सेनाले देशमा एक वर्षका लागि संकटकालसमेत घोषणा गरेको छ । सत्तारुढ दल नेशनल लीग फर डेमोक्रेसी (एनएलडी) की नेतृ सु कीसहित शीर्ष नेतालाई हिरासतमा लिएको केही घण्टामै सेनाले देशको शासनसत्ता नियन्त्रणमा लिएको घोषणा गरेको हो ।

    जननिर्वाचित सरकार र सेनाबीच पछिल्ला केही समयता तनाव बढेपछि सैन्य कू भएको बताइएको छ । टेलिभिजनमार्फत सम्बोधन गर्दै सेनाले देशमा एक वर्षका लागि संकटकाल समेत घोषणा गरेको छ । यसअघि सेनाले राष्ट्रपति विन मिन्टसहित एनएलडीकी नेतृ की लगायत केही शीर्ष नेतालाई पक्राउ गरेको थियो । सेनाले विभिन्न राज्यका मुख्यमन्त्रीलाई घरबाटै नियन्त्रणमा लिएको परिवारका सदस्यहरूले बताएका थिए ।

    त्यस्तै नवनिर्वाचित तल्लो सदनको आज बस्ने पहिलो बैठक स्थगित गर्न सेनाले आह्वान गरेको थियो । राजधानी नायपिटो लगायत मुख्य शहरहरुमा सेनाको गतिविधि बढेको विदेशी सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै राजधानी लगायतका केही शहरमा टेलिफोन र इन्टरनेट सेवासमेत बन्द गरिएको छ ।

    यसअघि कू हुन खोजेको भन्ने चासोहरू व्यक्त भएपछि गत शनिबार सेनाले संविधानको पालना गर्ने वाचा गरेको थियो । गत नोभेम्बरमा सम्पन्न चुनावमा एनएलडीले सरकार गठनका लागि संसदमा आवश्यक सिट जितेको थियो । तर सेनाले भने चुनावमा धाँधली भएको बताउँदै आएको छ । सन् २ हजार ११ सम्म सैनिक शासन रहेको म्यानमारलाई बर्माको नामले समेत चिनिन्छ ।

    सम्बन्धित समाचार