Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    शिक्षा

    खोटाङको ऐसेलुखर्कका तीन माविमा ई–लाइब्रेरी जडान

    खोटाङको ऐसेलुखर्कका तीन माविमा ई–लाइब्रेरी जडान

    शिक्षक तथा विद्यार्थी बाहेक अभिभावकले समेत अध्ययन गर्न सक्ने

    • मंगलवार, माघ २० २०७७

    • नेपाल वाइड


    खोटाङको ऐसेलुखर्कका तीन माविमा ई–लाइब्रेरी जडान
    विद्यालयमा जडान गरिएको ई–लाईब्रेरी निरिक्षण गर्दै गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौला लगायत

    खोटाङ । माघ २०, खोटाङको ऐसेलुखर्क गाउँपालिकाका तीन वटा माविमा ई–लाइब्रेरी जडान गरिएको छ । विद्यालयमा जुनसुकै विषयको पुस्तक अध्ययनको वातावरण निर्माणका लागि गाउँपालिकाले एकैसाथ त्रिभुवन माबि ऐसेलुखर्क, सिम्ले माबि जलेश्वरी र शिशु माबि महेश्वरीमा ई–लाइब्रेरी जडान गरेको हो ।

    विद्यालयमा पठन संस्कृतिको विकासका लागि माविमा ७ हजार भन्दा बढि पुस्तक, ३ हजार भन्दा बढि श्रव्य र १ हजार ५ सय भन्दा बढि श्रव्यदृश्य सामग्री सहितको ई–लाइब्रेरी जडान गरिएको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले बताए । गाउँपालिका अध्यक्ष निरौला, शिक्षा अधिकृत बिनेशकुमार श्रेष्ठ, सूचना प्रविधि अधिकृत सिजन राईको सहभागीतामा मंगलबार तीन विद्यालयमा ई–पुस्तकालय जडान गर्दै विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

    आर्थिक वर्ष २०७७/०७८ मा विनियोजित बजेटबाट प्रतिमाबिमा ६५ हजारको खर्चमा सर्भर, राउटर लगायतका उपकरण जडान गरेर ई–लाइब्रेरीको व्यवस्था गरिएको हो । गाउँपालिकाभित्र सञ्चालित ८ वटा माविमध्ये बाँकी ५ माबिमा पनि क्रमशः ई–लाइब्रेरी जडान गरिने अध्यक्ष निरौलाले बताए ।

    विद्यालयमा ई–लाईब्रेरीको व्यवस्था भएपछि शिक्षक नभएको अवस्थामा विद्यार्थीले ई–लाईब्रेरीमा गएर स्वःअध्ययन गर्न सक्ने गाउँपालिकाले जनाएको छ । ई–लाईब्रेरीमा भएका पुस्तक, श्रव्य र श्रव्यदृश्य सामग्री शिक्षक तथा विद्यार्थी बाहेक अभिभावकले समेत अध्ययन गर्न सक्नेछन् ।

     

    सम्बन्धित समाचार