Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    आगोमा जल्दा खोटाङमा ७ वर्षीय बालकको मृत्यु

    आगोमा जल्दा खोटाङमा ७ वर्षीय बालकको मृत्यु


    • बुधवार, माघ २१ २०७७

    • नेपाल वाइड


    आगोमा जल्दा खोटाङमा ७ वर्षीय बालकको मृत्यु
    सांकेतिक तस्बिर

    खोटाङ । माघ २१, आगोमा जल्दा खोटाङमा ७ वर्षीय बालकको मृत्यु भएको छ । भत्किएको घरमा माझ बनाएर राखिएको खर र परालमा आगो लाग्दा रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानी सिम्लेका जेसन मगरको मृत्यु भएको हो ।

    मंगलबार साथीहरुसँग खेल्न गएको अवस्थामा आगो खेलाउनेक्रममा खर र परालको माझमा आगो लाग्दा बालकको मृत्यु भएको जानकारी आएको रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताए । जेसनसँगै खेल्न गएका दुई बालकले भने भागेर बचाएका छन् ।

    आगो सुरु भएपछि जेसन भने लुक्न खोज्दा आगोमै परेको स्थानीयले बताएका छन् । बाल बिकास केन्द्र सिम्लेमा अध्ययनरत बालकको शव परिक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क पठाइएको गाउँपालिका अध्यक्ष निरौलाले बताए ।

    सम्बन्धित समाचार