बिहिवार, माघ २२ २०७७
नेपाल वाइड
काठमाण्डौ । नेपाली सेनाले अधिकृत क्याडेटमा भर्ना खुलाएको छ। नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले २ सय जना अधिकृत क्याडेट (क्याप्टेन) माग गरेको हो ।
निर्देशनालयका अनुसार खुला तर्फ १०५ जना २५ जना महिला मधेशी कोटाबाट २५ जना दलित १४ र पिछडिएको क्षेत्रबाट ४ जनाको माग गरेको हो। आजदेखि फागुन २१ गतेसम्म दरखास्त दिन सकिने निर्देशनालयले जनाएको छ । न्युनतम प्रमाणपत्र तह वा सो सरह उतीर्णले दरखास्त दिन सक्ने छन् ।
