Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दिक्तेलमा हिमालयन आइटी ईन्स्टिच्यूट स्थापना

    दिक्तेलमा हिमालयन आइटी ईन्स्टिच्यूट स्थापना


    • बिहिवार, माघ २२ २०७७

    • नेपाल वाइड


    दिक्तेलमा हिमालयन आइटी ईन्स्टिच्यूट स्थापना
    हिमालयन आइटी ईन्स्टिच्यूटको लक्ष्यका बारेमा जानकारी दिँदै सञ्चालक अजय बस्नेत

    खोटाङ । माघ २२, सूचना र प्रविधि सम्वन्धी शिक्षाका लागि खोटाङको दिक्तेलबजारमा हिमालयन आइटी ईन्स्टिच्यूट स्थापना गरिएको छ । कम्प्यूटर आइटी कोर्स, अंग्रेजी भाषाको कक्षादेखि एसइईको स्पेशल कोर्स सञ्चालनका लागि दिक्तेलको सरस्वती माबिको गेटमा रहेको पक्की भवनमा हिमालयन आइटी ईन्स्टिच्यूट स्थापना गरिएको हो ।

    दिक्तेलका युवा व्यवसायी अजय बस्नेत र उषा बस्नेतले स्थापना गरेको ईन्स्टिच्यूट बिहिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले उद्घाटन गरेका छन् । सूचना तथा प्रविधिको व्यवसायीक विकास गर्दै जिल्लामै आइटी सम्वन्धी जनशक्ती उत्पादन गर्ने लक्ष्यका साथ आइटी ईन्स्टिच्यूट स्थापना गरिएको सञ्चालक अजय बस्नेतले बताए ।

    आइटी ईन्स्टिच्यूटमा कम्प्यूटर आइटी कोर्सतर्फ कम्प्यूटर डिप्लोमा, कम्प्यूटर अपरेटर, आइटी अफिस प्याकेज, कम्प्यूटर नेटवर्किङ, ट्याली (एकाउन्टिङ कोर्स), ग्राफिक डिजाईन सम्वन्धी सीप सिकाइने छ । यस्तै, माइक्रोसफ्ट वर्ड, माइक्रोसफ्ट एक्सल, माइक्रोसफ्ट पावरप्वइन्ट, इमेल–ईन्टरनेट, फोटोशप, फ्रिह्याण्ड, पेज मेकर, सफ्टवेर इन्स्टल, मल्टिमिडिया, नेटवर्किङ सम्वन्धी सिप सिकाइने सञ्चालक बस्नेतले बताए । ईन्स्टिच्यूटमा अंग्रेजी भाषा सिकाईतर्फ बेसिक र एडभान्स लेभेलको कक्षा सञ्चालन हुने छन् ।

    Opaning photo.jpg

    ईन्स्टिच्यूटको उद्धघाटन गर्नुहुदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालल र वाणिज्य संघ खोटाङका अध्यक्ष उपिन राई

    एसइईमा अध्ययनरत विद्यार्थीका लागि अंग्रेजी, म्याथ, साइन्स, कम्प्यूटर क्यूबेसिक सम्वन्धी कक्षा सञ्चालन गर्ने तयारी गरिएको सञ्चालक बस्नेतले जानकारी दिए । विदेश जाने र अंग्रेजी जान्दै नजान्नेका लागि पनि विशेष कक्षाको व्यवस्था गरिएको छ । हरेक कोर्ससँगै व्यक्तीको व्यक्तीत्व बिकास सम्वन्धी तालिमलाई पनि प्राथमिकतामा राखिएको हिमालयन आइटी ईन्स्टिच्यूटले जनाएको छ ।

    ईन्स्टिच्यूटमा श्रव्य–दृश्य सामग्रीको प्रयोग गरी विद्यार्थी केन्द्रित शिक्षण विधि अपनाइने, दक्ष र अनुभवी शिक्षकबाट कक्षा सञ्चालन, एक विद्यार्थी एक कम्प्यूटरको व्यवस्था, प्रयोगशाला लगायतका व्यवस्था गरिएको सञ्चालक बस्नेतले बताए । कार्यक्रममा मेयर रिजाल, उद्योग बाणिज्य संघका अध्यक्ष उपिनकुमार राई, नेपाल पत्रकार महासंघका अध्यक्ष दमन राई, नेपाल शिक्षक संघका अध्यक्ष शिवहरि ढकाल लगायतले शुभकामना दिएका थिए । कार्यक्रम ईन्स्टिच्यूटका प्रोपाईटर उषा बस्नेतले सभापतित्वमा भएको थियो ।

    सम्बन्धित समाचार