Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    सडक

    खोटाङको बराहपोखरीका सवै वडामा सडक

    खोटाङको बराहपोखरीका सवै वडामा सडक

    पाँच सडकको डिपिआर हुँदै

    • बिहिवार, माघ २२ २०७७

    • नेपाल वाइड


    खोटाङको बराहपोखरीका सवै वडामा सडक
    बराहपोखरीको धाप्लाङ–धर्तुङ–चिसापानी सडकको बाघखोर भञ्ज्याङ खण्ड 

    खोटाङ । माघ २२, स्थानीय तहको निर्वाचन अगाडि खोटाङको बराहपोखरी गाउँपालिकामा धाप्लाङ–धर्तुङ–चिसापानी सडक र बंशिलाघाट–चिसापानी सडक मात्र सञ्चालनमा थियो । बंशिलाघाट–चिसापानी सडक पनि जोडिन बाँकी नै थियो । जव २०७४ सालमा स्थानीय तहको निर्वाचन भए र स्थानीय तहमा जनप्रतिनिधि आए, त्यसपछि बंशिलाघाट–चिसापानी सडकलाई जोड्ने काम भए । नवनिर्वाचित जनप्रतिनिधिले बनिसकेका सडकलाई स्तरोन्नती गर्ने र गाउँपालिकाका वडा–वडा जोड्ने कच्ची सडक निर्माणको कामलाई प्राथमिकतामा राखे ।

    फलस्वरुप हाल गाउँपालिकाका ६ वटै वडामा सडक पुगेको बराहपोखी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले बताए । सडक विस्तारलाई प्राथमिकतामा राखेका कारण अहिले बराहपोखरीको वडा–वडामा आउजाउ गर्न समस्या छैन । सडक विस्तारका कारण यात्रा गर्नदेखि उपभोग्य सामग्री ओसार पसार गर्न सहज भएको बराहपोखरी गाउँपालिका–५ पौवासेराका स्थानीय छत्रबहादुर राउत बताउँछन् ।

    पाँच सडकको डिपिआर हुँदै

    सुरुमा सडक विस्तारलाई प्राथमिकतामा राखेको गाउँपालिकाले हाल पाँच वडा सडकको डिपिआरको काम गरिरहेको छ । गाउँपालिकाको कार्यालयबाट वडा कार्यालय बोयाटार (पौवासेरा), सिन्ताङ–वडा कार्यालय मौवाबोटे, घोरिङ्खा–वडा कार्यालय साउनेचौंर, घोरिङ्खा–वडा कार्यालय फाक्टाङ र खोटेहाङ गाउँपालिका जोड्ने धाप्लाङघाट–बराहपोखरी–ठुलीबेँसी सडकको डिपिआर निर्माण सुरु गरिएको हो । पिच सहितको डिपिआरको काम भइरहेको गाउँपालिका अध्यक्ष बञ्जराले बताए ।

     

    सम्बन्धित समाचार