शुक्रवार, माघ २३ २०७७
नेपाल वाइड
माघ २३, यो देश किन गरिब भएको हो ? भन्ने उत्तर दिएर त्यो कमजोरी हटाएपछि धनी हुने होला । जस्तो, म सँग पैसा छैन भनेपछि किन छैन भन्ने थाहा भएपछि मात्र पैसा जोगाउने उपाय आउने होला नि । देश किन गरिब भएको कोही पनि बोल्नेवाला छैनन् । सबैले समृद्धि गरिदिन्छु भनेका छन्, कसैले किन गरिब भएको भन्दैनन् ।
गरिबी कहाँबाट सुरु भयो त ? यसको इतिहास के हो ? के हाम्रो देश गरिव पैदा भएको हो त?होईन हामिसग गरिबको ईतिहास नै छैन । वास्तवमा सरल कुरा के हो भने यो देश चलाउने सरकार र केहि रानितिक दलका पर्टिहरुले आफ्नो सत्ता टिकाउनको लागि सहयोग मागे । बिदेशिहरुको हरेक सर्तहरु मान्न तयार भए ।
त्यसैको शृङ्खलामा फलाम खानी र तामा खानी नेपालमा बन्द गरियो,कपास खेति बन्द गर्ने ,गाँजा खेति बन्द गर्ने जस्ता धेरै सर्तहरु लागुभए ! फलाम र तामा खानी बन्द गरेपछि मुख्य चाहिने भनेको भाँडाकुडा, कृषि औजार, ज्याबल हो । त्यो त अब अरुदेश बाट जस्तै ईन्डिया,चिन,बेलायत बाट किन्नु पर्याे । कृषि युगको निम्ति महत्त्वपूर्ण फलाम हो । त्यो नभई हाम्रो जीवन चल्न सक्दैन । एक टुक्रा फलाम पनि हामीले बाहिरबाट किन्नु पर्यो ! कपास खेती बन्द गर्ने ।
अहिलेको पर्सादेखि सुनसरीसम्म कपास खेती थियो । कपास लगाउन मगरहरु एकदमै खप्पिस भएको हुनाले निकै अघि त्यो बेला पश्चिमबाट मगरहरुको बस्ती त्यहाँ सारिएको थियो । कपास खेती बन्द भयो । अहिले पो प्लाष्टिकको लुगा आयो । त्यतिबेला नेपालमा मुलतः सुतीका कपडा कपासबाट बन्दथे। कपास बाहेक सिस्नु, केरा, ऊन बाट बन्दथ्यो । प्रत्येक जातीले आफ्नो ठाउँबाट बनाउँथे । हाम्रो पैसा त हामीसँगै रहिरहन्थ्यो ।
कपास खेती बन्द भएपछि जब सुती किन्न पर्ने भयो, बाहिरि देशहरुले नेपालमा गाँजा खेती बन्द गराए । अहिले त गाँजालाई धेरै नराम्रो चिज मानिन्छ । हामि नेपालिहरुको ईतिहासमा हेर्ने हो भने,त्यतिवेला गाँजा र कागती नेपाली समाजको विशिष्ट औषधि थिए । प्रत्येक घरमा कागतीको बोट र प्रत्येक घरमा गाँजा । गाँजाको अचार खाए पनि हुन्थ्यो, औषधिको रुपमा ग्यास्ट्रिकमा प्रयोग गरे पनि हुन्थ्यो ।
कपास खेती बन्द भएपछि जब सुती किन्न पर्ने भयो, बाहिरि देशहरुले नेपालमा गाँजा खेती बन्द गराए । अहिले त गाँजालाई धेरै नराम्रो चिज मानिन्छ । हामि नेपालिहरुको ईतिहासमा हेर्ने हो भने,त्यतिवेला गाँजा र कागती नेपाली समाजको विशिष्ट औषधि थिए । प्रत्येक घरमा कागतीको बोट र प्रत्येक घरमा गाँजा । गाँजाको अचार खाए पनि हुन्थ्यो, औषधिको रुपमा ग्यास्ट्रिकमा प्रयोग गरे पनि हुन्थ्यो ।
मात्नै मन लागे पनि शान्तिपूर्वक मात्ने चिज हो । गाँजा खाएर कोही पनि झगडा गर्दैन । अत्यन्त शालीन प्रकारको मद हो त्यो । त्यसले उत्तेजित बनाउँदैन । त्यो हाम्रो परम्परागत औषधिसँग सम्बन्धित थियो । तर,गाँजा बन्द गर्याे । किनकि हामिलाइ बेलायत जस्ता अन्यदेश हरुले हामीलाई चुरोट बेच्न चाहन्थ्यो । चुरोटको बानी परेपछि जत्ति पैसा बढाए पनि भयो । यि यस्ता कुराहरु बाट हाम्रो पैसा बाहिर गयो ।
त्यसरी सुरु हुन्छ हाम्रो गरिबीको इतिहास । त्यो घर गरिब हुन्छ, जसको घरमा कमाएको पैसा रोकिदैन । अहिले नेपालीहरुले पैसा नकमाएको भएर धनी नभएको हो र ? पचास लाख नेपालीहरु विदेशमा छन् । के पैसा सबै उतै राखेका छन र ? पठाइरहेका छन् । नेपालभित्र शिक्षक, कर्मचारी, सिपाही सबैले पैसा कमाइरहेका छन् । तर, कोरियामा ४ वर्ष बसेर एक करोड पैसा लिएर आएको तर एयरपोर्टमा ओर्लेदेखि त्यो पैसा कोरिया पढाउन थाल्नुपर्याे ।
जबकि हामिले गाग्रीमा पानी हालियौ र तल प्वाल आफै पार्दैछौं । कति रहन्छ ? हामिसँग फलाम पनि छैन, तामा पनि छैन, सुती पनि छैन । केही पनि चिज हामी उत्पादन गर्दैनौँ । समृद्धिको आशा कसलाई हुँदैन ? त्यो सबैलाई एकदमै प्यारो लाग्ने नारा हो । यसपालिको बजेट भाषण सुन्नुभयो भने बजेटमा रुग्ण उद्योगलाई फेरि अगाडि ल्याउन शीर्षक नै छैन ।
जब केही चिज यहाँ उत्पादन नै हुँदैन भने पैसा बच्छ कहाँबाट ? कसरी समृद्धि भयो ? बिद्वानले भनेको सुन्छु पर्यटन हाम्रो निम्ति समृद्धिको मूल बाटो हो । पर्यटन भनेको सेवा क्षेत्र हो । पर्यटनबाट रोजगारी बृद्धि हुन्छ, तर देशको समृद्धि हुँदैन । यस्तै हुदै जाने हो भने वर्तमानलाई हामी गति प्रदान गर्न सक्दैनौ । वर्तमानलााई अगाडि लिएर जान सक्दैनौ । माल्दिभ्स जस्तो बन्छ देश ।
लेखक सुमन आचार्य विद्यार्थी राजनितिमा सृकय युवा हुन् ।